नेपाल प्रिमियर लिग
चितवनले जित्यो टस, कर्णालीलाई ब्याटिङको निम्ता
मङ्गलबार, ०२ मङ्सिर २०८२, ११ : ४०
सारांश
- चितवन राइनोजले टस जितेर कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गर्यो ।
- दुवै टोली लिगमा विजयी सुरुवात गर्न चाहन्छन् ।
- हिजो भएको खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई हरायो ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा चितवन राइनोजले टस जितेको छ । राइनोज र कर्णाली याक्स आमनेसामने हुँदा टस जितेर चितवनले पहिला बलिङ गर्ने निर्णय गरेको हो । दुवै टोली लिगमा विजयी सुरुवात गर्ने दाउमा छन् ।
युवा अलराउन्डर कुशल मल्लको कप्तानीमा रहेको चितवनमा सोहेल तनबिर र रवि बोपरा जस्ता अनुभवी खेलाडी छन् भने सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्ससँग राष्ट्रिय टिमका गुलसन झा, नन्दन यादव जस्ता नियमित खेलाडी छन् ।
हिजो भएको लिगको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले स्तब्ध बनाउँदै शानदार सुरुवात गरेको थियो।
आजै दिनको दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण