२३ हजार थान प्रतिबन्धित लागुऔषधसहित फार्मेसी सञ्चालक दम्पती पक्राउ
सारांश
- प्रहरीले इटहरीबाट २३ हजार ८ सय प्रतिबन्धित लागुऔषधसहित एक दम्पतीलाई पक्राउ गरेको छ।
- इलाका प्रहरी कार्यालय इटहरी र जिल्ला प्रहरी कार्यालय भोजपुरको संयुक्त टोलीले फार्मेसी सञ्चालकलाई पक्राउ गरेको हो।
- पक्राउ परेका व्यक्तिहरूको घरबाट लागुऔषध बरामद भएको र थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ । नेपाल प्रहरीले २३ हजार ८ सय थान प्रतिबन्धित लागुऔषधसहित फार्मेसी सञ्चालक दम्पतीलाई पक्राउ गरेको छ ।
गत कात्तिक ३० गते इटहरी उपमहानगरपालिका–१२ स्थित नसिव फार्मेसीमा ट्रामाडोल विक्री वितरण गर्दैछ भनी विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनार तथा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त फार्मेसीको सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।
५० वर्षीय नसिव नारायण चौधरीलाई पक्राउ गरी निजको घर कोठा समेत कानुन बमोजिम खानतलासी गर्ने क्रममा निजको श्रीमती वर्ष २४ की सम्झना चौधरीले सिमेन्टको २ वोरा घरको छत माथिबाट फाल्दै गरेको अवस्थामा देखि फालिएको बोराहरू चेकजाँच गर्दा उक्त बोरा भित्र लागु औषध ट्रामाडोल १९८० (एक हजार नौ सय असी) पत्तामा १९८०० (उन्नाई हजार आठ सय) क्याप्सुल र निजको कोठाको टेवलबाट प्रतिबन्धित औषधी ४०० (चार सय) पत्तामा ४००० (चार हजार) ट्यावलेट फेला हुँदा निजहरूलाई दुवै जनालाई उक्त लागु औषध र प्रतिबन्धित औषधी सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण