मुग्लिन–पोखरा सडकमा दैनिक चार घण्टा सवारी आवगमन बन्द
सारांश
- मुग्लिन-पोखरा सडकखण्डमा पुल निर्माणका लागि मंसिर ११ गतेसम्म दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने भएको छ।
- सवारीसाधन बिहान ६ देखि ८ बजेसम्म र दिउँसो १२ देखि २ बजेसम्म पूर्ण वा आंशिक रूपमा रोक लगाइनेछ।
- यात्रुको सुविधाका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ, जसमा साना र ठूला सवारीका लागि छुट्टाछुट्टै रुट तोकिएका छन्।
काठमाडौँ । मुग्लिन–पोखरा सडकमा दैनिक चार घण्टा सवारी आवागमन बन्द गर्ने निर्णय भएको छ । मुग्लिङ–पोखरा सडक योजना (पश्चिम खण्ड) ले एक सूचना जारी गर्दै विजयपुर खोलामा निर्माणाधीन पुलमा ‘गर्डर लन्चिङ’ गर्नुपर्ने भएकाले मंगलबारदेखि मंसिर ११ गतेसम्म सडक बन्द गर्न सुरु गरिएको जनाएको छ ।
उक्त अवधिमा हरेक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म पोखरा–विजयपुर खण्डमा सवारी साधन सञ्चालनमा पूर्ण/आंशिक रोक लगाइनेछ ।आयोजनाका अनुसार एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माणाधीन २ लेनको प्रिस्ट्रेस कंक्रिट पुलमा गर्डर राख्ने तयारी भएको छ ।
यो काम अति संवेदनशील भएकाले सुरक्षालाई ध्यानमा राख्दै रातको समयमा गर्न नसकिने हुँदा दिउँसोमा सवारी आवागमन रोकेर काम गर्नुपर्ने बाध्यता रहेको पश्चिम खण्डले जारी गरेको सूचनामा उल्लेख छ ।
सडक बन्द हुँदा यात्रुलाई पर्न जाने असुविधालाई मध्यनजर गर्दै वैकल्पिक मार्गको व्यवस्था गरिएको छ । जसअनुसार दुईपाङ्ग्रे तथा साना सवारीसाधनका लागि बुढीबजारबाट बेलचौतारा हुँदै चाउथे निस्कने र सोही रुट हुँदै फर्कने व्यवस्था मिलाइएको छ ।
ठूला तथा मालबाहक सवारीसाधनका लागि पावरहाउसचोकदेखि भौमारा हुँदै बिरौटा निस्कने र सोही मार्ग हुँदै फर्कने वैकल्पिक रुट तोकिएको छ ।
साथै आयोजनाले तोकिएको समयमा ट्राफिक व्यवस्थापनमा सहजीकरण गरिदिन जिल्ला प्रशासन कार्यालय, कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण