चितवनको विजयी सुरुवात, कर्णाली चार विकेटले पराजित
सारांश
- चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गर्यो।
- चितवनले १६७ रनको लक्ष्य पछ्याउँदै रवी बोपाराको अर्धशतकीय पारीको मद्दतमा जित हासिल गर्यो ।
- कर्णालीका लागि पन्चलले ९० रन बनाए भने, चितवनका लागि शैब जेबले एक विकेट लिए।
काठमाडौँ । चितवन राइनोजले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ ।
मंगलबार भएको पहिलो खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १६७ रनको लक्ष्य पछ्याएको चितवनले १९ ओभर १ बलमा ६ विकेट गुमाउँदै १७१ रन बनायो । चितवनका लागि रवि बोपराले ५२ रनको अर्धशतकीय पारी खेले । ३५ बलमा उनले ३ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै दीपक बोहराले ४२ रन बनाउँदा शैब जेबले ३८ रनको योगदान गरे । चितवनका कप्तान कुशल मल्लले २० रन बनाए । कर्णालीका लागि कप्तान सोमपाल कामीले २ विकेट लिँदा युनिस सिंह, मार्क वाट र युवराज खत्रीले एक-एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनाएको थियो ।
कर्णालीका लागि प्रियांक पन्चलले ९० रनको अर्धशतकीय पारी खेले । ४८ खेलेका उनले ७ चौका ६ छक्का प्रहार गरे । त्यस्तै पवन शरार्फले २७ रन बनाउँदा म्याक्स ओ’डउडले २० रनको योगदान गरे । कर्णालीका लागि मार्क उडले १७ रन जोडे । चितवनका शैब जेब, रवी बोपरा र सोहिल तनविरले एक–एक विकेट लिए ।
आजै टीयू मैदानमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण