तेजस्वी भविष्यका नेता हुन् : लालु यादव
काठमाडौँ । राजदका राष्ट्रिय अध्यक्ष लालुप्रसाद यादवले पारिवारिक कलहकाबिच कान्छो छोरा तेजस्वी यादवको नेतृत्व स्वीकृत गरेका छन् ।
राजद विधायकहरूको बैठकमा तेजस्वीलाई विधायक दलको नेता चुनिएको छ । बिहार विधानसभा चुनावमा नराम्ररी पराजय भोगे पनि लालु यादवले तेजस्वीलाई समर्थन गर्दै उनलाई ’भविष्यको नेता’ बताए ।
पटनामा नोभेम्बर १७ मा पार्टीको विधायक दलको बैठक बसेको थियो । यसमा २५ विजयी विधायकबाहेक, ११९ पराजित उम्मेदवारहरू पनि उपस्थित थिए ।
यस अवसरमा राजद राष्ट्रिय अध्यक्ष लालु यादव र पूर्वमुख्यमन्त्री राबडी देवी पनि उपस्थित थिए । बैठकमा राजदका वरिष्ठ नेता भाइ वीरेन्द्रले तेजस्वी यादवलाई व्यवस्थापिका दलको नेतामा सर्वसम्मतिले चयन गर्ने प्रस्ताव गरे ।
त्यसपछि विधायक आलोक मेहताले औपचारिक रूपमा बैठकमा प्रस्ताव पारित गरे जुन सर्वसम्मतिले पारित भयो ।
भविष्यमा पनि तेजस्वीले नै पार्टी चलाउने
बैठकमा तेजस्वी यादवले पहिले पार्टीको नेता पद छाड्ने कुरा गरेका थिए । प्रदेश अध्यक्ष पदबाट जगदानन्द सिंहको राजीनामाको सन्दर्भमा उनले भने, ‘हामीले उनीहरूलाई राख्न चाहेपछि हटाउन अभियान चलाइयो । जोजो मेरो साथमा बस्छन् उनीहरूलाई हटाउन प्रायोजित अभियान चलाउन थालिन्छ । हामी पार्टीको काममा स्वतन्त्रता चाहिएको छ ।’
इशारा–इशारामै तेजस्वीले ‘रोहिणी आचार्य प्रकरण’को नाम नलिई विधायकहरूलाई सम्बोधन गर्दै थिए । तेजस्वीले राजीनामा दिने इच्छा व्यक्त गरेपछि सबै विधायक र नेताहरूले विरोध गर्न थाले । यसपछि लालु यादवले भने, ‘तेजस्वीले निकै मेहनत गरिरहेका छन् । उसले नै पार्टी चलाउँदै आएका छन्, भविष्यमा पनि उसले नै चलाउनेछ ।’
तेजस्वी यादव पछिल्लो विधान सभामा विपक्षी दलका नेता थिए । कुनै पनि दललाई सदनमा प्रतिपक्षी दलको नेता बनाउनका लागि संसद्को कुल सिटको कम्तीमा १० प्रतिशत सिट चाहिन्छ ।
बिहार विधानसभामा २४३ सदस्य छन् । यस सन्दर्भमा विपक्षी दलको नेताका लागि कम्तीमा २४ सदस्य आवश्यक हुनेछ ।
यस चुनावमा आरजेडीले विपक्षी नेताको पद थोरै अन्तरले बचाउन सफल भएको छ । पार्टीका २५ विधायकले मात्रै जित हात पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण