स्थलगत
एनपीएल पार्किङस्थलमा विना अनुमति शुल्क उठाइँदै (भिडियो)
मङ्गलबार, ०२ मङ्सिर २०८२, १७ : ०२
काठमाडौं । नेपाल प्रिमियर लिग भइरहेको कीर्तिपुरस्थित टीयू क्रिकेट रंगशाला क्षेत्रमा अनधिकृत रुपमा पार्किङ शुल्क उठाइएको पाइएको छ । मंगलबार दिउँसो रातोपाटी टिम क्रिकेट रिपोर्टिङका लागि रंगशाला पुग्दा दर्शकको गुनासोपछि पार्किङमा पुग्दा स्थानीय समितिको नाममा विना अनुमति पार्किङ शुल्क उठाइएको पाइयो ।
यसरी पार्किङ शुल्क उठाउनेबारे कीर्तिपुर नगरपालिका, क्यान र त्रिभुवन विश्वविद्यालय कतैबाट पनि अनुमति लिएको देखिँदैन । अनधिकृत रुपमा पार्किङ उठाइएको भिडियो रिपोर्टिङ गर्ने क्रममा रातोपाटीकर्मीमाथि समेत दुर्व्यवहार भएको थियो ।
स्थलगत रिपोर्टिङ : उषा काफ्ले र योगेन्द्र नगरकोटी/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण