एनपीएल
विराटनगरको १०० रन पूरा, मार्टिन गप्टिलको अर्धशतक
मङ्गलबार, ०२ मङ्सिर २०८२, १७ : ०७
सारांश
- विराटनगर किंग्सका मार्टिन गप्टिलले पोखरा एभेन्जर्सविरुद्ध अर्धशतक बनाए।
- गप्टिलले २८ बलमा अर्धशतक बनाउँदा चार छक्का र तीन चौका प्रहार गरे।
- विराटनगरले टस हारेर ब्याटिङ गर्दै १० ओभरमा १०० रन बनाएको छ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबारको दोस्रो खेलमा विराटनगर किंग्सका मार्टिन गप्टिलले पोखरा एभेन्जर्स विरुद्ध अर्धशतक बनाएका छन् ।
३९ वर्षीय गप्टिलले २८ बलमा अर्धशतक बनाएका हुन् । त्यस क्रममा उनले चार छक्का र तीन चौका जोडे । विराटनरले टस हारेर सुरुमा ब्याटिङ गरिरहेको छ । विराटनगरका ओपनर जर्ज मुन्से ६ बलमा १० रन बनाएर आउट भए ।
म्याटको बलमा किरण ठगुन्नाले मुन्सेलाई क्याच आउट गराएका थिए । मुन्सेले ६ बलमा एक चौक र एक छक्का हाने ।
१० ओभर सकिँदा विराटनगरले १०० रनको आँकडा पार गरेको छ । क्रिजमा मार्टिन गुप्टिल र लोकेश बम छन् । बमले पनि २९ बममा ३९ रन बनाएर खेलिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण