गत वर्ष सीजीले तिर्यो २५.५९ अर्ब रुपैयाँ कर
बुधबार, ०३ मङ्सिर २०८२, ११ : ३७
सारांश
- चौधरी ग्रुपले गत वर्ष राज्यलाई २५.५९ अर्ब रुपैयाँ कर तिरेको छ।
- यो कूल राजस्वको करिब २.३ प्रतिशत योगदान रहेको चौधरी ग्रुपका प्रबन्ध निर्देशकले बताए।
- अर्थमन्त्री रामेश्वर खनालले सीजीको कर योगदानलाई विशेष रूपमा उल्लेख गरेका छन्।
काठमाडौँ । चौधरी ग्रुप (सीजी)ले गत वर्ष राज्यलाई २५.५९ अर्ब रुपैयाँ कर तिरेको छ । यो कूल राजस्वको करिब २.३ प्रतिशत योगदान भएको चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जानकारी दिए ।
उनले अर्थमन्त्री रामेश्वर खनालले भेट गरेका छन् । भेटपछि बुधबार सामाजिक सञ्जालमार्फत उनले ग्रुप अफ कम्पनीजको एकमुष्ट कर सार्वजनिक गरी सम्मान गर्ने व्यवस्था नभए पनि अर्थमन्त्री खनालले सीजीको कर योगदानलाई विशेष रूपमा उल्लेख गरेको बताएका छन् ।
उनले भनेका छन्, ‘गत वर्ष सीजीले रु २५.५९ अर्ब कर तिर्दै राष्ट्रको कूल राजस्वको करिब २.३५ योगदान दियो।’
चुनौतीका बिच देशको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व लागेको चौधरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण