विपद् व्यवस्थापनका लागि सबै पक्षको सहकार्य आवश्यक छ : गृहमन्त्री अर्याल
सारांश
- गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपातका कारण नागरिकको जीवन रक्षाका लागि सरकार सचेत रहेको बताए।
- उनले विपद् जोखिम न्युनिकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारको सहकार्य आवश्यक रहेको बताए।
- गृहमन्त्री अर्यालले शीतलहर र हिमपातबाट प्रभावित समुदायलाई केन्द्रित गरेर पूर्वतयारी गर्न निर्देशन दिए।
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपातका कारण कुनै पनि नागरिकले जीवन गुमाउन नपरोस् भन्ने कुरामा सरकार सचेत रहेको बताएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो सङ्कट आउन नदिन सङ्घ, प्रदेश, स्थानीय सरकार र सम्बद्ध सबै पक्षको सहकार्य, प्रतिबद्धता र समर्पणको खाँचो समेत औँल्याए ।
उनले शीत लहर र हिमपातका कारण सङ्कटमा परेका समुदाय केन्द्रित पूर्वतयारी र प्रतिकार्य गर्न पनि सम्बन्धित सबै पक्षलाई निर्देशन दिए ।
गृहमन्त्री अर्यालले भने, ‘संकटमा रहेका वर्ग, क्षेत्र र समुदाय केन्द्रित पूर्व तयारी तथा प्रतिकार्य गर्न जिम्मेवार सबै निकायलाई निर्देश गर्दछु । शीत लहर र हिमपातका कारण कुनै पनि नागरिकले जीवन गुमाउन नपरोस्, देशको चालु विकास प्रक्रिया अवरुद्ध नहोस् । यसका लागि सङ्घ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, दातृ संस्था र नागरिक समाज सबैको सहकार्य, प्रतिबद्धता र समर्पणको अपेक्षा गरेको छु ।’
गृहमन्त्री अर्यालले हिमपातले देशको चालु विकास प्रक्रिया समेत अवरुद्ध हुने अवस्था आउन दिन नहुने पनि बताए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण