देशको राष्ट्रिय राजनीति विषम परिस्थितिमा छः छविलाल विश्वकर्मा
काठमाडौँ । नेकपा एमाले सचिव छविलाल विश्वकर्माले देशको राष्ट्रिय राजनीतिक विषम परिस्थितिमा रहेको बताएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित स्थानीय सरकारका उपत्यकास्तरीय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले देशको परिस्थिति सामान्य नरहेको भन्दै असामान्य परिस्थितिका बीचमा पनि एमाले जनताको अधिकार सुरक्षाका लागि सडकमा लडिरहेको बताए ।
नेपाली जनताले आफ्नो जीवन, रगत, पसिनासँग साटेर ल्याएको र ठुलो त्याग र बलिदानबाट प्राप्त संविधानको रक्षार्थ खटिरहेको बताए ।
अहिले संविधानलाई मूर्छित बनाइएको बताउँदै व्यवस्थाका विरुद्धमा अनेकौँ ढङ्गले चिथोर्ने गतिविधि भइरहेको बताए । एमाले संसद् विघटनविरुद्ध अदालतमा जाने पनि बताए ।
उनले भने,‘देशको राष्ट्रिय राजनीति, अहिलेको यो विषम परिस्थिति छ । अहिलेको परिस्थिति सामान्य छैन । यो असामान्य परिस्थितिकाबिचमा नेपाली जनताले आफ्नो जीवन, रगत, पसिनासँग साटेर ल्याएको धेरै ठुलो त्याग र बलिदानबाट प्राप्त यो संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अहिले यो संविधानलाई मूर्छित पारिएको छ । व्यवस्थाका विरुद्धमा अनेकौँ ढङ्गले चिथोर्ने गतिविधि भएका छन् । यस्तो परिस्थितिमा नेकपा एमाले अध्यक्ष कमरेडको नेतृत्वमा देशभरमा एउटै बुझाइका साथ नेकपा एमाले सडकमा उभिएको छ । असंवैधानिक रूपमा विघटित भएको संसद्का सदस्यहरू कानुनी प्रक्रिया अघि बढाउने निष्कर्षमा पुगिसक्नुभएको छ ।’
सचिव विश्वकर्माले एमालेले चलायमान नभएको नेपाली समाज, राजनीतिमा नेकपा एमालेले आम जनताकाबिचमा आफ्ना धारणा अघि सारेर जनतालाई सुसूचित गरेको बताए ।
एकताबद्ध भएर संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षामा लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण