एनपीएलको आजको सबै टिकट बिक्री, प्रहरीले भन्यो, ‘टिकट नभएकाहरू मैदानमा नआउनुस्’
बुधबार, ०३ मङ्सिर २०८२, १४ : ५६
सारांश
- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार हुने खेलको सबै टिकट बिक्री भयो।
- प्रहरीले टिकट नहुनेहरूलाई मैदानमा नजान र सुरक्षामा सहयोग गर्न आग्रह गरेको छ।
- त्रिवि क्रिकेट मैदानमा सुरक्षा व्यवस्थापन चुस्त बनाइएको छ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधवार हुने प्रतियोगिताको सबै टिकट बिक्री भएको छ । बुधबार ४ बजेबाट काठमान्डु गुर्खाज र सुदूरपश्चिम रोएल्सबिच हुने प्रतियोगिताको सबै टिकट बिक्री भैसकेको भन्दै प्रहरीले टिकट नहुनेहरूलाई मैदान नजान आग्रह गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले सूचना जारी गरेर भनेको छ, ‘टिकट नभएका महानुभावहरूलाई उक्त स्थान वरपर भिडभाड नगरी सुरक्षा व्यवस्थापन गर्ने काममा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ ।’
प्रतियोगिता स्थल त्रिवि क्रिकेट मैदानमा प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाएको छ । टिकट नभएका मानिसहरू मैदान आसपासमा भेला हुँदा सुरक्षा व्यवस्थापन असहज हुने गरेको प्रहरी अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण