मधेस प्रदेश सभा बैठक सुरु भएलगत्तै स्थगित
बुधबार, ०३ मङ्सिर २०८२, १५ : ५४
काठमाडौँ । मधेस प्रदेश सभाको बैठक सुरु भएलगत्तै स्थगित भएको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ढिलो गरी सुरु भएको थियो । बैठक सुरु भएलगत्तै १० मिनेटका लागि स्थगित गरिएको उपसभामुख बबिता राउत ईशरले बताइन् ।
नेकपा एमाले सांसद शारदा थापाले अवरोध गर्दा प्रदेश सभा बैठक स्थगित भएको हो । उनी सत्तापक्षकी सांसद हुन् । १० मिनेटभित्र सरकारमा रहेका दललाई उपस्थित हुन भनिएको छ ।
सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता भएको आचरण–सम्बन्धी प्रस्ताव सभामा पेस हुने कार्यसूची रहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण