डोनाल्ड ट्रम्पको भोजमा देखिए एलन मस्क
काठमाडौँ । अमेरिकी खर्बपति एलन मस्क हालै राष्ट्रपति डोनाल्ड ट्रम्पको साथमा देखिएका छन् । मंगलबार ह्वाइट हाउसमा ट्रम्पले साउदी युवराज मोहम्मद बिन सलमानको सम्मानमा आयोजना गरेको भोजमा मस्क सहभागी भएका थिए । उनीहरूबिच सार्वजनिक रूपमै झगडापछि ट्रम्प र मस्क एक साथ देखिएका यो दोस्रो पटक हो ।
रात्रिभोजमा मस्कको उपस्थितिलाई ट्रम्पसँग उनको तनावपूर्ण सम्बन्धमा सुधार हुन सक्ने सङ्केतका रूपमा हेर्न थालिएको छ ।भोजमा पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङ पनि उपस्थित थिए ।
मस्कले गएको राष्ट्रपति निर्वाचनमा खुलेर ट्रम्पलाई समर्थन गरेका थिए । उनको चुनावी अभियानलाई ठुलो रकम दान पनि दिएका थिए ।
ट्रम्प सत्तामा आएपछि मस्क उनको निकट सल्लाहकार बने । ट्रम्प प्रशासनमा उनले सरकारी दक्षता विभागको नेतृत्व गरे र सङ्घीय खर्च अनि रोजगारीहरूमा कटौतीको निरीक्षण गरे ।
तर चाँडै नै उनीहरूबिच विवाद भयो । मस्कले सामाजिक सञ्जालमा ट्रम्पको व्यापक कर र खर्च विधेयकको आलोचना गर्दै यसलाई वित्तीय रूपमा जोखिमपूर्ण भने पछि दुवैको सम्बन्ध तितो भयो ।
ट्रम्पसँगको झगडाकै बीचमा मस्कले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरे । ट्रम्पले पनि मस्कका कम्पनीहरूलाई दिँदै आएको अर्बौँ डलरको सङ्घीय आर्थिक सहायता कटौती गर्ने धम्की दिए ।
विश्लेषकहरूका अनुसार झगडा र मस्कको दक्षिणपन्थी राजनीतिक भाषाले टेस्लाको ब्रान्ड छवि, बिक्री र स्टक मूल्यलाई हानि पुर्यायो ।
यसपछि मस्क र ट्रम्प सार्वजनिक रूपमा विरलै देखिए । मस्क अन्तिम पटक सेप्टेम्बरमा दक्षिणपन्थी कार्यकर्ता चार्ली किर्कको लागि स्मृति समारोहमा ट्रम्पसँग हात मिलाउँदै गरेको देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण