काठमाण्डुका सन्तोष यादव रन आउट, सुदूरलाई तेस्रो सफलता
बुधबार, ०३ मङ्सिर २०८२, १८ : ३१
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा काठमान्डु गोर्खाजको तेस्रो विकेट झरेको छ ।
बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा सुदूरपश्चिम रोयल्सले सन्तोष यादवलाई एक रनमा रन आउट गरेको हो । कप्तान दीपेन्द्र ऐरी र विकेट किपर विनोद भण्डारीले रन आउट गरेका हुन् ।
यस अघि सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिइसकेको छन् । धामीले भीम सार्कीलाई १२ रनमा आरिफ शेख मार्फत क्याच आउट गराएका हुन् ।
सार्कीले १० बलमा एक छक्का सहित १२ रन बनाएका थिए । यस अघि पनि धामीकै बलमा एज लागेर ८ रनमा ओपनर बेन चाल्र्सवर्थ पेभेलियन फर्केका थिए ।
विकेटकिपर विनोद भण्डारीले क्याच लिएका थिए । १४८ रनको लक्ष्य पछ्याएको काठमाण्डुले ५ ओभरमा ४० रन बनाउँदा ३ विकेट गुमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण