सुदूरपश्चिमको विजयी सुरुवात
काठमाडौँ । काठमान्डु गुर्खाजलाई २९ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा जितको खाता खोलेको छ ।
बुधबार साँझ आफ्नो दोस्रो खेलमा काठमाडौँ सुदूरपश्चिम पराजित हुन पुग्यो ।
टस हारेर सुरुमा ब्याटिङ गरेको सुदूरपश्चिमले ८ विकेट गुमाउँदै दिएको १४८ रनको लक्ष्य काठमाडौँले भेट्टाउन सकेन । १९ बल बाँकी छँदै काठमाडौँ पूरा विकेट गुमाएर ११८ रनमा सीमित भयो ।
काठमाडौँका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाउन सके । इंग्ल्यान्डमा जोन सिम्पसनले २४ रन बनाउनुबाहेक अन्यले गतिलो प्रदर्शन गर्न सकेनन् ।
सुदूरपश्चिमका लागि स्कट कुग्लेन, हेमन्त धामी र हर्मित सिंहले दुई/दुई विकेट लिए । त्यस्तै इशान पाण्डे, नरेन साउद र अविनास बोहोराले एक एक विकेट लिए ।
सुदूरपश्चिमका लागि हर्मितले ५३ रनको अर्धशतकीय पारी खेले । २० बल खेलेका उनले २ चौका र ६ छक्का प्रहार गरे । उनले १९ बलमै अर्धशतक पूरा गरेका थिए । सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३९ रन बनाउँदा आरिफ शेखले २५ रनको योगदान गरे । इशान पाण्डले पनि ११ रनको यागदान गरे ।
काठमान्डुका लागि करण केसीले चार विकेट लिए, चार ओभर बलिङ गरेका उनले ३० रन खर्चे । काठमान्डुका मिलिन्द कुमार, सन्नी पटेल र राशिद खानले दुई–दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण