नेपाल प्रिमियर लिग
आज लुम्बिनी लायन्स र चितवन राईनोजबिच खेल हुँदै
बिहीबार, ०४ मङ्सिर २०८२, ०५ : ४५
सारांश
- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदैछ।
- खेल दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
- लुम्बिनी लायन्सको यो पहिलो खेल हो, भने चितवन लगातार दोस्रो जितको खोजीमा छ।
काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज लुम्बिनी लायन्स र चितवनबिच खेल हुँदैछ ।
प्रतियोगिताको पाँचौँ खेलका रूपमा यी दुई टोली आज दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आमनेसामने हुनेछन्।
लुम्बिनी लायन्सका लागि यो लिगको पहिलो खेल हो। नयाँ सिजनको सफल सुरुवात गर्ने लक्ष्यसहित टिम मैदान उत्रिने तयारीमा छन्।
चितवन राईनोज भने आजको खेलबाट लगातार दोस्रो जित खोज्दै मैदानमा उत्रनेछ। यसअघि चितवनले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै राम्रो लय बनाइसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण