विराटनगर आइसीपीमा १९ कर्मचारी माग
बिहीबार, ०४ मङ्सिर २०८२, ०८ : ११
सारांश
- नेपाल इन्टरमोडल यातायात विकास समितिले विराटनगर आईसीपीको व्यवस्थापनका लागि कर्मचारी पदपूर्ति गर्ने सूचना जारी गर्यो।
- नयाँ सञ्चालक छनोट नहुँदासम्म आईसीपी सञ्चालन समितिले अस्थायी पदहरू खुला प्रतियोगिताबाट भर्ना गर्नेछ।
- विज्ञापनअनुसार, १९ पदका लागि आवेदन मागिएको छ, जसमा वरिष्ठ सहायक, फोरमेन, कार्यालय सहायक र चालकहरू समावेश छन्।
काठमाडौँ । नेपाल इन्टरमोडल यातायात विकास समितिले विराटनगर एकीकृत जाँच चौकी (आइसीपी) को आन्तरिक व्यवस्थापन सञ्चालनका लागि करार सेवाबाट कर्मचारी पदपूर्ति गर्ने सूचना जारी गरेको छ।
नयाँ सञ्चालक कम्पनी छनोट नहुँदासम्म आइसीपी सञ्चालन समितिको व्यवस्थापनबाट चलाउनुपर्ने भएकाले अस्थायी दरबन्दीका पदहरू खुला प्रतियोगितामार्फत भर्ना गर्न आवेदन माग गरिएको हो।
बिहीबार प्रकाशित विज्ञापनअनुसार पाँचौँ तहका ४ वरिष्ठ सहायक, चौथो तहका ३ फोरमेन, ११ कार्यालय सहायक, एक प्लम्बर तथा एक हलुका सवारी चालक/फोर्कलिफ्ट अपरेटरसहित कुल १९ पदका लागि दरखास्त आह्वान गरिएको छ। सहायक तहका आवेदकका लागि उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ।
आवेदन मंसिर १९ सम्म सकिने सूचनामा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण