बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भारतलाई ९ करोड ३० लाख डलरको मिसाइल बिक्रीका लागि अमेरिकाले दियो मन्जुरी

बिहीबार, ०४ मङ्सिर २०८२, ११ : १५
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • अमेरिकाले भारतलाई महत्वपूर्ण हतियार बिक्री प्याकेजलाई अनुमोदन गरेको छ।
  • यस सम्झौता अन्तर्गत भारतले जेभलिन एन्टी–ट्याङ्क मिसाइल लगायतका हतियारहरू खरिद गर्नेछ।
  • अमेरिकी रक्षा सुरक्षा सहयोग एजेन्सी (डीएससीए) ले कांग्रेसलाई बिक्रीसम्बन्धी जानकारी गराएको छ।

वासिङ्टन डीसी । अमेरिकाले भारतको लागि महत्त्वपूर्ण हतियार बिक्री प्याकेजलाई अनुमोदन गरेको छ । यो सम्झौताले भारतलाई १०० थान जेभलिन एन्टी–ट्याङ्क मिसाइल, २५ लाइटवेट कमान्ड लन्च युनिट र २१६ थान  एक्सक्यालिबर प्रिसिजन आर्टिलरी राउन्ड किन्ने बाटो खोल्नेछ ।

भारतले यी हतियारको साथमा तिनीहरूको सञ्चालन, मर्मत सम्भार, सुरक्षा निरीक्षण र सेनाको तालिमसँग सम्बन्धित सबै सपोर्ट प्याकेज पनि पाउनेछ । अमेरिकी रक्षा सुरक्षा सहयोग एजेन्सी (डीएससीए) ले औपचारिक रूपमा कांग्रेसलाई यो प्रस्तावित बिक्रीसम्बन्धी जानकारी बुझाएको छ ।

अन्तर्राष्ट्रिय रूपमा ठुलो स्तरमा हतियार बिक्री गर्दा यो प्रक्रियाबाट गुज्रिनुपर्छ । यो सम्झौताले अमेरिका–भारत रणनीतिक साझेदारीलाई अझ बलियो बनाउने डीएससीएले भनेको छ । भारतलाई यी आधुनिक हतियारहरू अपनाउन कुनै कठिनाइ नहुने उसको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप