विश्वको सबैभन्दा पुरानो क्यालकुलेटरको लिलामीमा अदालतले लगायो रोक
पेरिस । विश्वको सबैभन्दा पुरानो क्यालकुलेटर लिलामी नहुने भएको छ ।
पेरिसको एक अदालतले यसअघि नै ऐतिहासिक वस्तुको निर्यात रोकेपछि तय भएको मितिमा लिलामी नहुने भएको हो । लिलामी घर क्रिस्टीजले १६४२ मा फ्रान्सेली गणितज्ञ ब्लेज पास्कलले विकास गरेको ला पास्कलिन मेसिनको लागि बोली नलाग्ने पुष्टि गरेको छ ।
यो मेसिन लिलामीमा २० देखि ३० लाख युरोमा बिक्न सक्ने अनुमान गरिएको थियो । क्रिस्टीजले यसलाई लिलामीमा प्रस्ताव गरिएको सबैभन्दा महत्त्वपूर्ण वैज्ञानिक उपकरण भनेको छ ।
वैज्ञानिक र अनुसन्धानकर्ताहरूले राष्ट्रिय खजानाका रूपमा वर्गीकृत गरिनुपर्छ भन्दै ऐतिहासिक उपकरणलाई सम्पदा सुरक्षा प्रदान गर्न कानुनी अपील गरेका थिए । क्याल्कुलेटरको प्रारम्भिक संस्करण विकास गर्दा पास्कल १९ वर्षका मात्र थिए । यीमध्ये नौ मेसिनहरू अझै अस्तित्वमा छन् ।
‘मानव दिमागलाई मेसिनले प्रतिस्थापन गर्ने इतिहासमा यो पहिलो प्रयास हो,’ आधिकारिक संग्रह विवरणमा लेखिएको छ । यसको आविष्कारलाई 'क्वान्टम लिप' भनिएको छ । ला पास्कलिनलाई वर्षभरि न्युयोर्क र हङकङमा क्रिस्टीको स्थलहरूमा समेत प्रदर्शनीमा राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण