धितोपत्र बोर्डले अर्थ मन्त्रालयलाई गर्यो ३ बुँदे सिफारिस
सारांश
- नेपाल धितोपत्र बोर्डले अर्थ मन्त्रालयलाई ३ बुँदे सिफारिस गरेको छ।
- कर्मचारीको सेवा सुविधा घट्ने निर्देशन पुनरावलोकन र कार्यविधि खारेज गर्न सिफारिस गरिएको छ।
- बोर्डको स्वायत्तता कायम गर्न कानुनी व्यवस्था सुधारको माग गरिएको छ।
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अर्थ मन्त्रालयलाई ३ बुँदे सिफारिस गरेको छ । आन्दोलनरत कर्मचारीको माग पूरा गर्न बोर्डको सञ्चालक समिति बैठकको निर्णयबाट ३ बुँदे सिफारिस गरिएको हो ।
बोर्डले गरेको सिफारिसको पहिलो बुँदामा मन्त्रालयले गत भदौ २ गते कर्मचारीको सेवा सुविधा घट्ने र फिर्ता गर्नुपर्ने गरी दिएको निर्देशन पुनरावलोकन गर्न भनिएको छ । दोस्रो बुँदामा कर्मचारीसम्बन्धी कार्यविधि खारेज गर्न र कार्यविधिमा रहेका कुराहरू नियमावलीमा राखेर समायोजन गर्न सिफारिस गरिएको छ ।
तेस्रो बुँदा अन्तर्गत नेपाल धितोपत्र बोर्डको स्वायत्तता कायम गर्ने विषयमा विद्यमान कानुनी व्यवस्थालाई सुधार गर्नुपर्ने समेत उल्लेख गरिएको छ ।
मन्त्रालयको पत्रपछि बोर्डका कर्मचारीहरू भदौ ७ गतेदेखि काम ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए । अर्थ मन्त्रालयमा माग पूरा गर्ने सहमतिसँगै उनीहरू काममा फर्किएका थिए । कात्तिक मसान्तसम्म माग पूरा गर्ने गरी समय सीमा तोकिए पनि अहिलेसम्म उक्त माग पूरा भएको भने छैन ।
नियमित काममा फर्किए पनि कर्मचारीहरूले अहिले पनि कार्यालय परिसरमा एक घण्टा धर्ना भने दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण