बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

राष्ट्रपतिलाई २३ जेनजी समूहको ज्ञापनपत्र : जेनजीका माग पूरा नगर्ने भए प्रधानमन्त्रीलाई फिर्ता गरौँ

बिहीबार, ०४ मङ्सिर २०८२, २१ : ५६
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • विभिन्न २३ जेनजी समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन्।
  • ज्ञापनपत्रमा वर्तमान सरकार चुनावमा मात्र केन्द्रित भएको र ठुला भ्रष्टाचारमा कारबाही नभएको गुनासो छ।
  • समूहहरूले प्रधानमन्त्रीलाई फिर्ता बोलाउन माग गर्दै विद्रोहका मागहरू सम्बोधन गर्न आग्रह गरेका छन्।

काठमाडौँ । विभिन्न २३ वटा जेनजी समूहहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन् ।

बिहीबार राष्ट्रपति पौडेललाई बुझाएको ज्ञापनपत्रमा वर्तमान सुशीला कार्की नेतृत्वको सरकारबाट प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन र ठुला भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाहीलगायतका अपेक्षा गरिए पनि सरकार चुनावमा मात्र केन्द्रीत भएको गुनासो छ ।

उनीहरुले जेनजी विद्रोहको जगमा बनेको सरकारले केवल चुनाव मात्रै गराउने कुरा स्वीकार्य नहुने भन्दै दिशाहीन बनेको सरकारले आफ्ना माग पुरा गर्न नसके तत्काल प्रधानमन्त्रीलाई फिर्ता बोलाउन समेत माग गरेका छन् ।

‘यो विद्रोह र शहादत केवल अर्ली इलेक्सनका लागि मात्रै भएको थिएन’, राष्ट्रपति पौडेललाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘विद्रोहमा संलग्न जेनजीका २३ एलाइन्स, घाइते र सहिद परिवारका माग यो सरकारले तत्काल सम्बोधन गर्नुपर्छ ।’

राष्ट्रपति पौडेललाई ज्ञापनपत्र बुझाउनेमा जेनजी नेशनल फ्रन्ट लाइनर,जेनजी स्पार्क,एनटेक जेनजी, ऋणी एसोसिएसन,जेनजी वाई युनाइटेडलगायत रहेका छन् ।

unnamed

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप