ह्वाट्सएपको लापरबाहीः साढे ३ अर्ब प्रयोगकर्ताको डेटा संकटमा
काठमाडौँ । कहिलेकाहीँ ह्वाट्सएपमा अज्ञात नम्बरबाट म्यासेज आइरहेको हुन्छ । यसमा हाई, हेलो मात्रै भनिएको हुन्छ । रिप्लाइ दिँदा यसबाट कुनै जवाफ आउँदैन ।
हरेक ह्वाट्सएप प्रयोगकर्ताले कुनै न कुनै समयमा यस्ता सन्देशहरू प्राप्त गरेका होलान्, तर यी अनियमित म्यासेज मात्रै होइनन् । यस्ता म्यासेज आउनुको कारण एपमा रहेको सुरक्षा त्रुटि थियो, जसले अब लगभग ३.५ अर्ब प्रयोगकर्ताका डेटा जोखिममा पारिरहेको छ ।
५७ प्रतिशत ह्वाट्सएप प्रयोगकर्ताका प्रोफाइल फोटोहरू र २९ प्रतिशत प्रयोगकर्ताका ‘एबाउट’मा आफूले पहुँच गर्न सकेको अस्ट्रियाको भियना विश्वविद्यालयको एक अनुसन्धान टोलीले दाबी गरेको छ ।
यो घटनालाई ह्वाट्सएपको अहिलेसम्मको सबैभन्दा गम्भीर सुरक्षा 'चुक' मानिएको छ । मेटालाई २०१७ मै ह्वाट्सएपमा रहेको यो सुरक्षा त्रुटिबारे जानकारी गराइएको थियो । तर पनि ह्वाट्सएप र मेटाले समयमै यसबारे उचित कदम चालेनन्, जसले गर्दा खतरा वर्षौंसम्म रहिरह्यो ।
अनुसन्धानकर्ताका अनुसार यदि कुनै ह्याकरले यो डेटा प्राप्त गरेको भए यो २०२१ को फेसबुकको डेटा चुहावटको घटनायता इतिहासको सबैभन्दा ठुलो डेटा चुहावट हुने थियो । अनुसन्धान टोलीले यस स्तरको डेटा एक्सपोजर पहिले कहिल्यै रेकर्ड नगरिएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण