बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

शिखर इन्स्योरेन्सको २१औँ वार्षिकोत्सवमा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न

बिहीबार, ०४ मङ्सिर २०८२, १७ : ०४
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • शिखर इन्स्योरेन्सले २१औँ वार्षिकोत्सवको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम गर्‍यो।
  • कम्पनीले सातै प्रदेशमा रहेका कार्यालयमार्फत साताव्यापी रक्तदान कार्यक्रम आयोजना गर्‍यो।
  • रक्तदान कार्यक्रमबाट जम्मा १४३९ युनिट रगत संकलन भयो, जसले रगतको बढ्दो मागलाई सम्बोधन गर्‍यो।

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१औँ वार्षिकोत्सवका अवसरमा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

देशभर बढ्दो रगतको माग रहेको अवस्थामा यस कम्पनीले सात वटै प्रदेशमा रहेका आफ्ना कार्यालयहरूको अगुवाइमा साताव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको यस कार्यक्रममा कोशी प्रदेशबाट ५३ युनिट, मधेस प्रदेशबाट १६७ युनिट, बागमती प्रदेशबाट ६३९ युनिट, गण्डकी प्रदेशबाट ७९ युनिट, लुम्बिनी प्रदेशबाट ४३५ युनिट, कर्णाली प्रदेशबाट ४४ युनिट र सुदूरपश्चिम प्रदेशबाट २२ युनिट गरी कुल १४३९ युनिट रगत जम्मा भएको छ । 

यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मार्गदर्शन, व्यवस्थापन तथा योगदान प्रदान गर्ने कम्पनीको सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापक समिति, आयोजक कार्यालय, नेपाल रेडक्रस परिवार, रक्तदाता तथा सम्पूर्ण सहयोगीप्रति इन्स्योरेन्स कम्पनीले आभार व्यक्त गरेको छ । 

२२औँ वर्षमा प्रवेश गरेको यस कम्पनी सम्पूर्ण कर्मचारी, शुभचिन्तक तथा सरोकारवाला सबैप्रति पनि धन्यवाद भनेको छ । आगामी दिनहरूमा अझ सबल, सरल र सुदृढ बिमा सेवा प्रदान गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप