पाकिस्तान र इराकको जेलबाट ५६० जना अफगान कैदी स्वदेश फिर्ता
बिहीबार, ०४ मङ्सिर २०८२, १७ : ३१
सारांश
- गत हप्ता ५६५ जना अफगान नागरिकहरू पाकिस्तान र इराकका जेलबाट मुक्त भएर फर्के।
- पाकिस्तानी जेलबाट ५१७ जना र इराकबाट ४८ जना अफगानी स्वदेश फर्किए।
- अघिल्लो तथ्याङ्क अनुसार १० हजार भन्दा बढी अफगान विदेशमा बन्दी थिए।
काठमाडौँ । गत हप्ता मात्र पाकिस्तान र इराकका जेलमा बन्दी बनाइएका ५६५ जना अफगान नागरिकहरू जेल मुक्त भएर अफगानिस्तान फर्केका छन् ।
रिहा गरिएका मध्ये दुई महिना सम्म पाकिस्तानी जेलमा रहेका ५१७ जना अफगान कैदीहरू दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सिमा हुँदै घर फर्केका हुन् । इराकमा छ – देखि नौ महिना कैदमा रहेका थप ४८ जना अफगानीलाई पश्चिमी निमरोज प्रान्तको पुल–ए–अब्रेसम सीमाबाट स्वदेश फिर्ता गरिएकाे समाचारमा उल्लेख छ।
गत जुलाईमा सार्वजनिक परराष्ट्र मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार दश हजार भन्दा बढी अफगान नागरिकहरू विदेशमा बन्दी बनाइएका छन् भने तिनीहरु मध्ये अधिकाशं इरान र पाकिस्तानमा थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण