बोपराको अर्धशतकमा चितवनद्वारा लुम्बिनीलाई १४३ रनको लक्ष्य
काठमाडौँ । रवी बोपराको अर्धशतकको सहयोमा चितवन राइनोजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरका ७ विकेट गुमाउँदै १४२ रन बनायो ।चितवनका लागि रवी बोपराले ६६ रनको अर्धशतकीय पारी खेले । ५५ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे ।
बोपरालाई गुलबदीन नइबले क्याच आउट गराएका थिए । त्यस्तै कप्तान कुशल मल्लले २१ रन बनाए । मल्ललाई लुम्बिनीका रुवेन ट्रम्पेलमनले क्याच आउट गराएका थिए । ट्रम्पेलमनले नै शैब जैबलाई १४ रनमा बोल्ड आउट गराएका हुन् । चितवनका लागि १० बनाउँदै दीपक बोहरा आउट भए । उनलाई लुम्बिनीका अविषेश गौतमले क्याच आउट गराए ।
चितवनका भरपर्दा खेलाडी डेभिड मलान ट्रम्पेलमनले दोस्रो ओभरमा नै बोल्ड आउट गराएका थिए । त्यो समय बाट नै खेल परिवर्तन भएको थियो । चितवनका लागि सोहिल तनविरलाई पनि लुम्बिनीका नैबले ५ रनमा आउट गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण