अपडेट
बारा घटना : वार्ताका लागि खेलकुदमन्त्रीसहित जेनजी अगुवा सिमरा जाँदै
बिहीबार, ०४ मङ्सिर २०८२, २० : ५०
काठमाडौँ । बुधबारदेखि बाराको सिमरामा उत्पन्न विवाद समाधान गर्नका लागि खेलकुद मन्त्री बब्लु गुप्तासहित जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ, पुरुषोत्तम यादव सिमरा जाँदैछन् ।
बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले वार्ताका लागि बोलाएपछि उनीहरू बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् ।
बुधबार जेनजी आन्दोलनका कारण सिमरा विमानस्थल दिनभर तनावग्रस्त थियो । एमाले नेता महेश बस्नेत बारा आउने भएपछि जेनजी युवाहरूले विमानस्थल घेराउ गरेर मुलगेट तोडफोड गरेका थिए ।
जेनजी आन्दोलनका कारण बुधवार बिहान एउटा बाहेक सम्पूर्ण उडान स्थगित भएको थियो । बुधबार उडान नभएर फर्किएका यात्रुहरूका लागि विमानस्थलले आज पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण