मुख्यसचिव एकनारायण अर्यालसँग जाँचबुझ आयोगको सोधपुछ
काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालसँग उच्चस्तरीय जाँचबुझ आयोगले सोधपुछ गरेको छ । बिहीबार सिंहदरबार स्थित आयोगको कार्यालयमा अर्याललाई बोलाएर सोधपुछ गरिएको आयोगका प्रवक्ता एर्व पूर्व एआईजी विज्ञानराज शर्माले रातोपाटीलाई बताए ।
अर्यालले भदौ २४ मा जेनजी प्रदर्शन हुँदा आफू बालुवाटारमा रहेको बताएका छन् । आयोगका पदाधिकारीसँग उनले भनेका छन्, ‘म दिनभर बालुवाटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगै थिएँ ।’
प्रदर्शन उग्र बनेपछि ओलीलाई बचाउन आफूले भूमिका खेलेको अर्यालले बताएका छन् । आयोगका सदस्य शर्मा भन्छन्, ‘उहाँले २४ गतेको आफ्नो अनुभव शेयर गर्नुभएको छ ।’
गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रदर्शनको पहिलो दिन किशोरहरूको ज्यान जाने गरी गोली चलाउने काम कानुन सम्मत भए नभएको र २४ गतेको विध्वंसबारे जाँचबुझ गर्नेछ । असोज ९ बाट काम सुरु गरेको आयोगले तीन महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्ने छ ।
आयोगले राष्ट्रिय अनुसन्धान विभागको उपत्यका हेर्ने डीआईजी कृष्ण खनाल, नेपाल प्रहरीका एसपीद्ववय अपिल बोहरा र कुलदिप चन्दसँग बयान लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण