सरकारले तोक्यो सार्वजनिक खाद्य विश्लेषक, यी हुन् २७ विश्लेषक
सारांश
- नेपाल सरकारले खाद्य स्वच्छता कायम राख्न २७ जना सार्वजनिक खाद्य विश्लेषक तोकेको छ।
- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम नियुक्ति गरेको हो।
- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र मातहतका कार्यालयमा खाद्य गुणस्तर कायम राख्ने लक्ष्य छ।
काठमाडौँ । नेपाल सरकारले २७ जना सार्वजनिक खाद्य विश्लेषक तोकेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रावधान बमोजिम २७ जना वरिष्ठ खाद्य अनुसन्धान अधिकृतहरूलाई सार्वजनिक खाद्य विश्लेषकमा नियुक्त गरेको हो ।
मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै जानकारी दिएको हो । कृषि मन्त्रालयका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र यसअन्तर्गतका कार्यालयहरूमा खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम राख्ने उद्देश्यले यो नियुक्ति गरिएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशक महिपाल राम वैद्यसहित निम्न वरिष्ठ खाद्य अनुसन्धान अधिकृतहरूलाई यो महत्त्वपूर्ण जिम्मेवारी सुम्पेको छ ।
सार्वजनिक खाद्य विश्लेषकहरू
प्रमोद कोइराला
डा.हुमा कुमारी बखिम
मोहनकृष्ण महर्जन
कृष्णप्रसाद राई
कमलप्रसाद रेग्मी
शिवसागर चौधरी
नवराज दाहाल
विमलकुमार दाहाल
डा.क्षितिज श्रेष्ठ
भीमप्रसाद पुलामी
सुमन धिताल
ज्योत्स्ना श्रेष्ठ
सञ्जय भण्डारी
अनुप हलवाई
डा.बालकुमारी शर्मा
रमेश खड्का
हरेराम प्रधान
काशीनाथ घिमिरे
प्रशान्त पोखरेल
प्रतिमा श्रेष्ठ
रञ्जन नेपाल
पुष्पलाल राई
रवीन्द्र झा
डा.ईश्वर सुवेदी
विमला पोखरेल
विजन श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण