नेकपा र जसपाबिचकाे एकता सहमतिपत्रलाई आज ‘फाइनल टच’ दिइँदै
सारांश
- नेकपा र जसपाबीच एकताका लागि अन्तिम सहमति पत्र तयार हुँदैछ, जसमा ८-१० बुँदाहरू समावेश छन्।
- दुवै पार्टीका शीर्ष नेताहरूले सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी गरेका छन्, जसले संगठनात्मक संरचना र नेता व्यवस्थापनलाई टुंगो लगाउनेछ।
- जसपा भित्र एकताको विषयमा मतभेद रहेको छ, तर वार्ता टोलीले सिंगो पार्टी नै एकता प्रक्रियामा जोडिने विश्वास व्यक्त गरेको छ।
काठमाडाैँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) र जनता समाजवादी पार्टी (जसपा)बिच पार्टी एकता सहमति पत्रलाई आज अन्तिम रुप दिइने भएकाे छ । बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा दुवै पार्टीका वार्ता टोलीले एकता सहमतिको ड्राफ्ट तयार पारेका थिए । त्यसलाई अन्तिम रुप दिन दिउँसो बैठक बस्न लागिएको नेकपा वार्ता टोली सदस्य प्रकाश ज्वालाले जानकारी दिए ।
ज्वालाका अनुसार आठ/दश बुँदा सहमतिको खाका तयार भएको छ । सहमति पत्र तयार भइसकेपछि दुवै पार्टीका शीर्ष नेताहरू बसेर एकता सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी भएको उनले बताए ।
‘हिजो भएको छलफल सकारात्मक निष्कर्षमा पुगेको छ । एकता सहमतिका लागि आठ/दश बुँदा तयार भएका छन् । अन्तिम रुप दिँदा केही बुँदा थप घट पनि हुन सक्छ’, रातोपाटीसँग ज्वालाले भने, ‘एकता सहमति पत्रलाई दिउँसो दुवै पार्टीका वार्ता टोली बसेर अन्तिम टुंगो लगाउँछौँ । त्यसपछि शीर्ष नेता बसेर एकता सहमति पत्रमा हस्ताक्षर हुनेछ ।’
सङ्गठनात्मक संरचना र नेताहरूको व्यवस्थापन सहमतिको आधारमा टुंगो लगाइने उनले बताए । पछिल्लो समय दुई पक्षबिच लगातार छलफल हुँदै आएको छ । पार्टी एकतालाई टुंगो लगाउने विषयमा जसपाले मंसिर २ देखि ४ गतेसम्म केन्द्रीय कार्यकारिणी बैठक बोलाएको थियो । जसपा संघीय परिषद् अध्यक्ष तथा वार्ता टोलीका संयोजक राजेन्द्र श्रेष्ठले पनि छलफल सकारात्मक भएको बताएका छन् । यद्यपि सिंगो पार्टी एकता हुने विषयमा जसपाभित्र मतभेद रहेको छ ।
उपमहासचिव प्रदीप यादव लगायत नेताहरू उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसँग एकता गर्नुपर्ने पक्षमा देखिएका छन् । राजेन्द्र श्रेष्ठ, परशुराम बस्नेत लगायत नेताहरू नेकपासँग एकताको पक्षमा रहेका छन् । अध्यक्ष अशोक राई मौन देखिएको नेताहरूले बताएका छन् ।
तर ज्वालाले पार्टीले नै गठन गरेको वार्ता टोली भएका हुनाले सिंगो पार्टीनै एकता प्रक्रियामा जोडिने विश्वास व्यक्त गरेका छन् । जसपा अध्यक्ष राईसँग भने संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालले छलफल गरिरहेको ज्वालाले जानकारी दिए । उनका अनुसार सहमतिका लागि तयार पारिएको आठ बुँदा यस्ता छन् :
- विगतमा पार्टीले राज्यका विभिन्न निकायमा जिम्मेवारी बहन गर्दा भएका कमीकमजोरीको वस्तुनिष्ठ समिक्षा गरेर संघीयता, सुशासन, समृद्धि र सामाजिक न्यायको माध्यमबाट समाजवादको दिशामा अगाडि बढ्ने
- सार्वभौमिकता, स्वाधिनता भौगोलिक अखण्डता लगायतका विषयहरूमा पहिचान सहितको संघीय समाजवादी जनतन्त्र प्राप्तिको लागि सडक, सदन र सरकार तिनै क्षेत्रबाट संघर्ष गर्ने
- नेपाली विशेषताको समाजवादलाई पार्टीको कार्यक्रमको रुपमा अंगीकार गर्ने र त्यसको आधारमा देशको अर्थतन्त्रको सामाजिक आर्थिक रुपान्तरण गर्न प्रतिबद्ध रहने
- पार्टीमा पनि जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त अंगीकार गर्ने
- गरी त्यो अब सङ्गठनात्मक संरचना र व्यवस्थापन आपसी सहमतिबाट टुंगो लगाउने
- नेपालको संविधानमा जनआन्दोलनको भावना अनुसार र जनताका अग्रगामी एजेन्डा सहित शासकीय स्वरूप, निर्वाचन प्रणाली लगायतका विषयहरूमा संविधानको अग्रगामी संशोधन गर्न पहल गर्ने
- देशका सबै वामपन्थी प्रगतिशील देशभक्त क्रान्तिकारी शक्तिहरूलाई एकता र ध्रुवीकरण, एकीकरण र ध्रुवीकरणको पक्षमा आउन अपिल गर्ने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण