बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प अपडेट : कम्तीमा ६ जनाको मृत्यु
सारांश
- बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ६ जनाको मृत्यु भयो र धेरै घाइते भए।
- भूकम्पको केन्द्रविन्दु ढाका नजिकै थियो र भवनहरू हल्लिएपछि मानिसहरू घरबाट बाहिर निस्किए।
- अधिकारीहरूले उद्धार र क्षतिको मूल्याङ्कन गरिरहेका छन् र नागरिकहरूलाई सतर्क रहन आग्रह गरेका छन्।
शुक्रबार मध्य बङ्गलादेशमा आएको ५.५ म्याग्निच्युडको भूकम्पले कम्तीमा छ जनाको ज्यान गएको र दर्जनौँ नागरिक घाइते भएका छन्। राजधानी ढाकाका धेरै भवनहरू भूकम्पको कम्पनले हल्लिएपछि त्रसित बासिन्दाहरू घरबाट बाहिर निस्केर सडकतर्फ दौडिएका थिए ।
भूकम्प स्थानीय समयअनुसार बिहान १०ः३८ बजे ढाकाबाट करिब २५ किलोमिटर (१६ माइल) टाढा रहेको नरसिङ्गडी जिल्लाको घोरसाल क्षेत्रमा गएको हो । युएस जियोलोजिकल सर्वे (युएसजिएस) का अनुसार भूकम्पको केन्द्रमुनि करिब १० किलोमिटर (६ माइल) गहिराइमा थियो ।
ढाकास्थित डिबिसी टेलिभिजनले कम्तीमा छ जनाको मृत्यु भएको पुष्टि गरेको छ । ढाकामा विभिन्न भवनका छाना तथा पर्खाल खस्दा तीन जनाको निधन हुनुका साथै अर्को तीन जना पैदलयात्रीको भवनको रेलिङ खस्दा ती संरचनामुनि परेर मृत्यु भएको समाचारमा उल्लेख छ ।
बङ्गलादेशी अधिकारीहरूका अनुसार उद्धार तथा क्षति मूल्याङ्कनका कार्य निरन्तर जारी छन् । देशभरका नागरिकलाई सतर्क रहन र सम्भावित परकम्पनबारे सचेत रहन अपिल गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण