किसान सूचीकरण गर्दै माडी नगरपालिका
सारांश
- माडी नगरपालिकाले किसानहरूको सूचीकरण सुरु गरेको छ, जसले तथ्याङ्क सङ्कलन गर्नेछ।
- गणक नियुक्ति र तथ्याङ्क सङ्कलनपछि किसान लक्षित योजना बनाउन सहयोग पुग्नेछ।
- यस सूचीकरणले किसानको वास्तविक अवस्था र आवश्यकताको विस्तृत अध्ययन गर्नेछ।
चितवन । माडी नगरपालिकाले किसानको सूचीकरण गर्न सुरु गरेको छ । पहिलो पटक पालिकामा किसान सूचीकरण गर्न लागिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार अहिले किसान सूचीकरणका लागि गणक नियुक्तिको प्रक्रिया सुरु गरिएको छ ।
गणक नियुक्तिसँगै सूचीकरणको काम सुरु गरिने उनले जानकारी दिइन् । यसका लागि किसान सूचीकरण सहजकर्ता १० जना नियुक्ति गरेर काम गर्न लागिएको हो । उनीहरूले तीन महिनासम्म सबै किसानको घरघरमा पुगेर तथ्याङ्क सङ्कलन गर्नेछन् ।
यस पालिकामा १० हजार बढी घरधुरी छन् । तीमध्ये सात हजार बढी घरधुरी किसान रहेका अनुमान नगरपालिकाले गरेको छ । प्रशासकीय अधिकृत भुसालले भनिन्, “वास्तविक किसानको सङ्ख्या कति छ र कुन किसानको जमिन कति छ भन्ने तथ्याङ्क सङ्कलनका लागि काम गर्न लागेका छौँ ।” उनले यो सूचीकरणले कृषकको वास्तविकता, अवस्था कस्तो छ भन्ने विस्तृत अध्ययन गरिने छ ।
सूचीकरण गरी सकेपछि सेवा प्रवाह गर्न र योजना बनाउनमा सहयोग पुग्ने उनले बताइन् । उनले किसान लक्षित योजना र उनीहरुको आवश्यकता पूरा गर्नका लागि सूचीकरणले टेवा पुग्ने छ । किसानका लागि आवश्यक पर्ने मल, बीउ वितरणदेखि सबै किसिमका काममा सहयोग पुग्ने उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
-
एउटै खेलबाट पेलेका दुई ऐतिहासिक कीर्तिमान तोड्दै ह्यारी केनले रचे इतिहास
-
जुलियन अल्भारेज अनुबन्ध गर्न बार्सिलोनाको दाउ, रोक्नका लागि एथलेटिको म्याड्रिडको कडा अडान
-
अन्तिम १६ का लागि बेल्जियम र सेनेगल भिड्दै, यस्तो छ दुवै टोलीको समूह चरणको यात्रा
-
इतिहास रच्दै विश्वकपबाट बाहिरियो कंगो
-
गोल्डेन बुटको दौड: मेसी र एम्बाप्पेभन्दा १ गोल टाढा ह्यारी केन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण