गोल्डेन बुटको दौड: मेसी र एम्बाप्पेभन्दा १ गोल टाढा ह्यारी केन
सारांश
- जारी विश्वकपमा ५ गोल गरेका ह्यारी केन शीर्ष स्थानमा रहेका अर्जेन्टिनाका लियोनेल मेसी र फ्रान्सका किलियन एम्बाप्पेभन्दा मात्र १ गोलले पछाडि छन् ।
- एम्बाप्पे र मेसी ६–६ गोलसहित सूचीको पहिलो र दोस्रो स्थानमा छन् ।
- इङ्गल्याण्ड अन्तिम १६ मा प्रवेश गरिसकेकाले केनलाई आगामी खेलहरूमा गोल संख्या थप्दै गोल्डेन बुटको दौडमा मेसी र एम्बाप्पेलाई उछिन्न सक्ने राम्रो अवसर रहेको छ ।
काठमाडौँ । फिफा विश्वकप २०२६ मा कंगोविरुद्ध दुई गोल गर्दै इङ्गल्याण्डलाई अन्तिम १६ मा पुर्याएका कप्तान ह्यारी केन यस संस्करणको ‘गोल्डेन बुट’ (सर्वाधिक गोलकर्ता) को दौडमा बलियो रूपमा प्रस्तुत भएका छन् ।
जारी विश्वकपमा ५ गोल गरिसकेका केन शीर्ष स्थानमा रहेका अर्जेन्टिनाका लियोनेल मेसी र फ्रान्सका किलियन एम्बाप्पेभन्दा मात्र १ गोलले पछाडि छन् । एम्बाप्पे र मेसी ६–६ गोलसहित सूचीको पहिलो र दोस्रो स्थानमा छन् । यस्तै, नर्वेका अर्लिङ हालाण्ड ५ गोलसहित तेस्रो र समान ५ गोल गरेका इङ्गल्याण्डका कप्तान केन चौथो स्थानमा रहेका छन् । फ्रान्सका ओस्मान डेम्बेले ४ गोलसहित पाँचौँ स्थानमा छन् ।
कंगोविरुद्धको खेलमा गरेका दुई महत्त्वपूर्ण गोलसँगै ह्यारी केनको समग्र विश्वकप इतिहासमा कुल गोल संख्या १३ पुगेको छ । इङ्गल्याण्ड अन्तिम १६ मा प्रवेश गरिसकेकाले केनलाई आगामी खेलहरूमा गोल संख्या थप्दै गोल्डेन बुटको दौडमा मेसी र एम्बाप्पेलाई उछिन्न सक्ने राम्रो अवसर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटकीय खेलमा सेनेगल पराजित, बेल्जियम विश्वकपको अन्तिम १६ मा
-
बेल्जियमको सनसनीपूर्ण कमब्याक, खेल २–२ को बराबरीमा
-
५१ औँ मिनेटमा इस्माइला सारको गोल, बेल्जियमविरुद्ध सेनेगल २–० ले अघि
-
पहिलो हाफ सकिँदा बेल्जियम १–० ले पछाडि, सेनेगलको अग्रता कायमै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
-
एउटै खेलबाट पेलेका दुई ऐतिहासिक कीर्तिमान तोड्दै ह्यारी केनले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण