अपडेट
तीन साताभित्रै पासपोर्टको पहिलो किस्ता आउने, बढ्ने भयो वितरण सङ्ख्या
शुक्रबार, ०५ मङ्सिर २०८२, १९ : १४
सारांश
- राहदानी विभागले तीन साताभित्रै राहदानीको पहिलो किस्ता ल्याउने सम्झौता गरेको छ।
- विभागले राहदानी उत्पादन कटौती हटाएको छ र दैनिक आवेदन सङ्ख्या बढाउने भएको छ।
- अब जिल्ला तथा इलाका प्रशासनबाट आवेदन दिनेहरुको राहदानी दुई हप्ताभित्र छापिनेछ।
काठमाडाैँ । तीन साताभित्रै पासपोर्टको पहिलो किस्ता आउने भएकाे छ ।
राहदानी विभागले लामो समयको प्रयासपछि अन्तरिम अवधिका लागि वार्ता सहमति गरी थप सात लाख राहदानी तथा सो को वैयक्तीकरण लगायतका सम्बद्ध सेवा आपूर्तिका लागि खरिद गर्न आपूर्तिकर्ता कम्पनी IN Smart Identity France SAS ( पहिलेको IDEMIA Identity and Security France SAS) सँग सम्झौता गरेको थियाे । सम्झौता अनुसार आगामी तीन हप्ता भित्रै राहदानीको पहिलो किस्ता आउने गरी क्रमशः थप राहदानी आपूर्ति हुने भएको छ ।
उक्त व्यवस्थाले राहदानी पुस्तिकाको पर्याप्त मौज्दात सुनिश्चित भएकोले विभागले अन्तरिम व्यवस्थापनका लागि बाध्यात्मक रूपमा केही समयदेखि गरेको राहदानीको उत्पादन कटौती हटाएको शुक्रबार विभागले सूचना जारी गर्दै जानकारी गराएकाे छ।
- राहदानी विभागले यस अघि दैनिक १ हजारको संख्यामा Appointment Slot खोल्ने गरेकोमा सेवाग्राहीको माग अनुसार सो सङ्ख्यालाई विभागको दैनिक क्षमता अनुसार बढाई सेवाग्राहीहरूलाई पर्याप्त राहदानी आवेदन Slot उपलब्ध गराउँदै लगिने छ । यसका लागि विभागमा उपलब्ध जनशक्तिलाई आवश्यकता अनुसार अतिरिक्त समय काममा लगाई यथा शीघ्र राहदानी आपूर्ति सहज तुल्याउने व्यवस्था मिलाईने छ ।
- विदेश स्थित नेपाली नियोगमा राहदानीका लागि आवेदन दिएका आवेदकहरूको राहदानी साविककै हिसाबमा एक/दुई हप्ता भित्रमा छपाई गरी पठाइने व्यवस्था मिलाइने छ ।
- जिल्ला / इलाका प्रशासन कार्यालयबाट आवेदन दिने आवेदकहरूको हकमा कम्तीमा कार्तिक १५ गतेसम्म आवेदन दिने आवेदकहरूको राहदानी दुई हप्ताभित्र र उक्त मिति पछि आवेदन दिने आवेदकहरूको राहदानी साबिक बमोजिम क्रमशः छपाई गरी पठाइने व्यवस्था मिलाइने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण