नेकपासँग एकतामा जाँदै गर्दा जसपामा चिरा !
काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र नेपाली कम्युनिस्ट पार्टीबिच एकता अन्तिम चरणमा पुगेको छ । तर एकताले जसपामा चिरा पर्ने स्पष्ट संकेत देखिएको छ ।
नेकपासँग जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले एकताका लागि पहल गरिरहेका छन् । तर पार्टी अध्यक्ष अशोक राई नै एकताको पक्षमा नरहेको स्रोत बताउँछ ।
जसपाका वरिष्ठ नेता श्रेष्ठ, कार्यकारिणी सदस्य परशुराम बस्नेत, रणध्वज कन्दङवा लगायत नेताहरु मात्र एकीकरणमा जाने बताइएको छ । अध्यक्ष राईले एकताका लागि हडबड नगर्न नेता तथा कार्यकर्ताहरुलाई बोलाएर छलफल गरिरहेका छन् । पहिचानवादी शक्तिहरुसँग मोर्चाबन्दी वा गठबन्धन गरेर अगाडि बढ्ने भनी नेताहरुलाई सम्झाइबुझाई गरिरहेका छन्, तर वरिष्ठ नेता श्रेष्ठ एकताका लागि वार्तालाई अगाडि बढाएका छन् ।
राईको साथमा तराई मधेसका नेताहरु उभिएका छन् । वरिष्ठ नेता श्रेष्ठ निकट एक नेताले भने, ‘लगभग अशोक राई एकतामा आउनु हुन्न, राजेन्द्र श्रेष्ठजी एकताका लागि अघि बढिसक्नुभएको छ, अब फर्किनु हुन्न । सम्भवतः जसपाका बहुमत सदस्यहरु एकतामा आउनु हुन्छ, त्यसका लागि प्रयास भइरहेको छ, बहुमत नआए जसपाका अन्य नेताहरुलाई लिएर नेकपासँग एकता हुन्छ ।’
जसपा उपमहासचिव प्रदीप यादवले जसपाले राखेको मुद्दाहरुमा नेकपा सहमत भयो भने एकता हुनसक्छ तर त्यो सम्भावना निकै कम रहेको बताए । ‘नेकपासँग संघीताको विषयमा नै कुरा नमिल्ला जस्तो छ, हामीले १० प्लसको कुरा गरेका छौं । तर नेकपा सात प्रदेशभन्दा माथि नजाने भनेको छ, संविधान संशोधनको विषयमा पनि नेकपा सकारात्मक देखिएको छैन,’ उनले भने, ‘त्यसले गर्दा जसपा र नेकपाबिच एकताको सम्भावना निकै कम छ । यद्यपि वार्ता चलिरहेको छ, वार्ता नसकिएसम्म केही भन्न सकिँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण