बएखुवा खोला पक्की पुल बनेपछि स्थानीयमा खुसी
सारांश
- भोजपुरको हतुवागढी र आमचोक जोड्ने एखुवा खोलामा पक्की पुल बनेपछि स्थानीय बासिन्दाले राहत पाएका छन्।
- कोशी प्रदेश सरकारको ७ करोड ३७ लाख लागतमा ३७ मिटर लामो पुल बनेको हो, जसले दुई पालिकालाई जोडेको छ।
- पुल बनेपछि स्थानीयवासीले कृषि उपज बजारसम्म पुर्याउन र आवतजावतमा सहजताको अनुभव गरेका छन्।
भोजपुर । यहाँको हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकालाई जोड्ने एखुवा खोलामा पक्की पुल बनेपछि स्थानीयवासीले वर्षौँदेखिको सास्तीबाट राहत पाएका छन् । खोलामा पक्की पुल नहुँदा लामो समयदेखि जोखिम मोलेर आवत–जावत गर्दै आएका स्थानीय अहिले सहज रूपमा सडक यातायात उपयोग गर्न सक्षम भएका छन् ।
कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरको रु सात करोड ३७ लाख लागतमा निर्माण सम्पन्न गरिएको पुलको लम्बाइ ३७ मिटर रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले जानकारी दिनुभयो । एक स्पानमा निर्माण भएको यो पुलले हतुवागढी–९ हसनपुर र आमचोक–८ लाई प्रत्यक्ष रूपमा जोडेको छ ।
पुल बनेपछि स्थानीयमा खुसी छाएको छ । पहिले वर्षातको समयमा खोला तर्न नसक्दाबीचमै रात बिताउनुपर्ने अवस्था रहने गरेकोमा अब सडक मार्ग सहज बनेको स्थानीय सन्तोष राई बताउँछन् । पुल निर्माणले गाउँघरमा उत्पादन भएको कृषि उपजको बजारीकरणमा सहज भएको उनको भनाइ छ ।
“एखुवा खोलामा पुल नहुँदा हामीले धेरै सास्ती भोग्यौँ,” उनले भने, “अब कृषि उपज बजारसम्म सहजै पुर्याउन सकिने भएको छ ।”
पुल सञ्चालनमा आएपछि दक्षिणी क्षेत्रमा बसोबास गर्ने स्थानीयको आवत–जावत सहज भएको हतुवागढी–९ हसनपुरका वडाध्यक्ष सञ्जाल राई बताउँछन् । उनका अनुसार वर्षौँदेखिको समस्या अन्त्य गर्दै पक्की पुलले स्थानीय विकास र आर्थिक गतिशीलतामा सकारात्मक असर पार्ने देखिएको छ । एखुवा खोलाको यो पक्की पुल राउत कन्स्ट्रक्सनले निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण