एनपीएल : आज दुई खेल हुँदै, पहिलो जितको खोजीमा कर्णाली
सारांश
- शनिबार कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दुई खेलहरू हुँदैछन्।
- पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्दैछन्, जसमा लुम्बिनीले अघिल्लो खेल जितेको छ।
- दोस्रो खेलमा काठमाण्डु गुर्खाज र बिराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ, दुवै टोलीले पहिलो खेल जितेका छन्।
काठमाडौँ। जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शनिबार) दुई खेल हुने भएका छन्। दुवै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछन्।
पहिलो खेल ११ः१५ बजे हुनेछ जहाँ कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। हालसम्म कुनै जित दर्ता गर्न नसकेको कर्णाली याक्स आज आफ्नो पहिलो जितको खोजीमा मैदान उत्रनेछ भने लुम्बिनी लायन्सले यसअघि खेलेको खेलमा जित हात पारेको छ। लुम्बिनीले चितवन राईनाेजलाई ६ विकेटले पराजित गरेकाे थियाे ।
दोस्रो खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। जहाँ काठमाण्डु गुर्खाज र बिराटनगर किङ्स भिड्नेछन्। दुवै टोलीले लिगको पहिलो खेलमै जित निकालिसकेका छन् ।
करण केसीको कप्तानीमा रहेको काठमाडौँ तेस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा साबिक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमाडौँ दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग स्तब्ध भएको थियो ।
सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा छ । विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्समाथि शानदार जित निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण