राजनीति
आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दै एमाले
शनिबार, ०६ मङ्सिर २०८२, ०७ : ०४
सारांश
- एमाले बागमती प्रदेश कमिटीले काठमाडौंमा जनप्रदर्शन र जनसभा आयोजना गर्दैछ।
- संसद विघटन र सुशीला कार्की नेतृत्वको सरकारको विरोधमा एमालेले जनसभा गर्दैछ।
- नेता महेश बस्नेतले आजको जनसभामा ६० हजार मानिस उतार्ने दाबी गरेका छन्।
काठमाडौँ । नेकपा एमालेले आज काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ आयोजना गरिएको हो ।
यो जनसभालाई एमालेले शक्ति प्रदर्शनको रुपमा अर्थ्याउँदै आएको छ । संसद विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक तवरले बनेको भन्दै त्यसको विरोध स्वरूप जनसभा गर्न लागिएको नेताहरुले बताएका छन् ।
एमालेका नेता महेश बस्नेतले आजको जनसभामा ६० हजार मान्छे उतार्ने दाबी गरेका छन्। यसअघि वपार्टीले नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण