ह्वाइट हाउसमा ट्रम्प र ममदानीबिच अनपेक्षित मेलमिलाप, ट्रम्पद्वारा प्रशंसा
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्प र न्युयोर्कका मेयर ममदानीबीचको भेटघाट सौहार्दपूर्ण रह्यो, जुन राजनीतिक टकरावको अपेक्षाविपरीत थियो।
- भेटमा दुवै नेताले विगतका आलोचनालाई बिर्साउँदै न्यानो सम्बन्ध देखाए र मिलेर काम गर्ने प्रतिबद्धता जनाए।
- ट्रम्पले ममदानीको बचाउ गर्दै आगामी चुनावमा रिपब्लिकन पार्टीको रणनीतिलाई केही जटिल बनाएका छन्।
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्यूयोर्क सहरका नवनिर्वाचित मेयर जोहरान ममदानीबीच ह्वाइट हाउसमा भएको बहुप्रतिक्षित भेटवार्ता सबैको अनुमान विपरीत निकै सौहार्दपूर्ण र सकारात्मक देखिएको छ। ठुलो राजनीतिक टकरावको अपेक्षा गरिएको यो भेट अन्ततः एक–अर्काको प्रशंसामा परिणत भएको थियो।
चुनावी अभियानका क्रममा मामदानीले ट्रम्पलाई तानाशाह र ट्रम्पको टिमले ममदानीलाई कम्युनिस्टको संज्ञा दिएका थिए। तर ओभल अफिसमा सँगै उभिँदा दुवै नेताले विगतका तीतो आलोचनालाई पन्छाउँदै न्यानो सम्बन्ध प्रदर्शन गरे।
भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा निकै रिल्याक्स देखिएका राष्ट्रपति ट्रम्पले ममदानीको बचाउ मात्र गरेनन्, उनले ममदानीले धेरै राम्रो काम गर्ने विश्वास व्यक्त गर्दै आफू उनको समर्थनमा रहने बताए।
वैचारिक रूपमा ठुलो अन्तर भए पनि दुवै नेताले न्यूयोर्कको बढ्दो महँगी र आवास सङ्कट समाधान गर्न मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। दुवै जनाको न्यूयोर्कको 'क्विन्स' सँगको पुरानो सम्बन्धले पनि उनीहरूलाई जोडेको देखिएको बीबीसीले जनाएको छ ।
यसका साथै, आफ्नै पार्टीकी सांसद एलिस स्टेफानिकले ममदानीलाई जिहादी भनेर लगाएको आरोपलाई समेत ट्रम्पले अस्वीकार गर्दै नवनिर्वाचित मेयरको बचाउ गरेका थिए।
ममदानीले आगामी जनवरी १ मा पदभार ग्रहण गरेपछि आप्रवासन लगायतका नीतिगत विषयमा दुई नेताबीच पुनः मतभेद हुन सक्ने भए पनि हाललाई यो भेटले सहकार्यको बलियो संकेत दिएको छ।
ट्रम्पको यो अप्रत्याशित प्रशंसाले ममदानीलाई आगामी चुनावमा 'राजनीतिक शत्रु' बनाउने रिपब्लिकन पार्टीको रणनीतिलाई भने केही जटिल बनाइदिएको राजनीतिक विश्लेषकहरूले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण