एनपीएलमा लुम्बिनीले दियो कर्णालीलाई १५७ रनको लक्ष्य
शनिबार, ०६ मङ्सिर २०८२, १२ : ५३
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १५७ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनायो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए । रोहितले ४३ बल खेल्दै चार चौका र २ छक्का प्रहार गरे ।

लुम्बिनीका लागि जेजे स्मिथले १३ बलमा २३ रन बनाए । त्यस्तै रुवेन ट्रम्पलमेनले २९ रनको योगदान गरे ।
कर्णालीका लागि नन्दन यादवले दुई विकेट लिए । त्यस्तै विपिन शर्मा, मार्क वाट, युवराज खत्री, गुलशन झा र सोमपाल कामीले एक एक विकेट लिए ।

कर्णाली आजको खेलमा पहिलो जितको खोजिमा छ । पहिलो खेलमा कर्णाली चितवन राइनोजसँग पराजित भएको थियो ।
यता लुम्बिनी लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण