मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

राजधानीमा एमालेले गर्‍यो प्रदर्शन

शनिबार, ०६ मङ्सिर २०८२, १४ : ५५
शनिबार, ०६ मङ्सिर २०८२

सारांश

  • एमालेले राजधानीमा प्रदर्शन र र्‍याली गर्‍यो, जनसभा भृकुटीमण्डपमा केन्द्रित थियो।
  • कार्यक्रम पार्टीको जनपरिचालनको अन्तिम चरण थियो र केपी शर्मा ओलीलगायतले सम्बोधन गर्नेछन्।
  • ट्राफिक व्यवस्थापनमा समस्या देखिएपछि प्रदर्शनीमार्गका सवारी साधनलाई डाइभर्सन गरियो।

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज राजधानीमा प्रदर्शन र र्‍याली आयोजना गरेको छ। काठमाडौँकेन्द्रित जनसभाका लागि आज भृकुटीमण्डप र आसपासका क्षेत्रमा एमालेले प्रदर्शन गरेको हो । 

संविधान र लोकतन्त्रका लागि भनिएको  प्रदर्शन पार्टीको बागमती प्रदेश कमिटीले गरेको हो ।  र्‍यालीपछि आयोजित जनसभामा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतले सम्बोधन गरेका छन् । 

यसअघि एमालेले गत कात्तिक २२ गते देशैभरीका वडामा वडा भेला, २५ गते सबै पालिकामा -याली सम्पन्न गरिसकेको छ। यस्तै कात्तिक २९ गते सबै जिल्लामा जनसभा आयोजना गरेको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप