सुशीला सरकारलाई अदालतले संवैधानिक ठहर्याउने ठाउँ छैनः ओली
शनिबार, ०६ मङ्सिर २०८२, १५ : १०
सारांश
- केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने बताए।
- ओलीले हिंसा, अशान्ति र तोडफोडबाट बनेको सरकारलाई संवैधानिक मान्न नसकिने बताए।
- एमाले अध्यक्ष ओलीले मुलुकको संकट समाधानको नेतृत्व एमालेले गर्ने दाबी गरे।
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने बताएका छन् ।
शनिवार पार्टीद्वारा काठमाडौंमा आयोजित जन प्रदर्शन तथा जनसभामा बोल्दैअध्यक्ष ओलीले अदालतले कुनैपनि हालतमा वर्तमान सरकारलाई संवैधानिक ठह-याउन नसक्ने जिकिर गरे ।
हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट वर्तमान सरकार बनेको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो सरकारलाई संवैधानिक ठह-याउन सक्ने अवस्था नरहेको समेत बताए । उनले वर्तमान सरकार लोकतन्त्र विरुद्ध निर्माण गरिएको आरोप लगाए ।
अध्यक्ष ओलीले मुलुकमा विद्यमान राष्ट्रिय संकट समाधान गर्ने कामको नेतृत्व एमालेले गर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण