सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र
सारांश
- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई बूढीगङ्गा नदीमा पक्की पुल र निर्माणाधीन मालागाड पुलको काम अगाडि बढाउन माग गर्दै ज्ञापनपत्र बुझाइयो।
- त्रिवेणी नगरपालिका र नेपाली कांग्रेस त्रिवेणी नगर कार्यसमितिले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाए।
- मुख्यमन्त्री शाहले माग सम्बोधन गर्न प्रदेश सरकार सकारात्मक रहेको बताए।
बाजुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई बूढीगङ्गा नदीमा पक्की पुल र निर्माणाधीन मालागाड पुलको काम अगाडि बढाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
त्रिवेणी नगरपालिका–४ तोलीमा आजदेखि सुरु भएको बडीमालिका मष्टो देवल ज्ञान विज्ञान धार्मिक महायज्ञको उद्घाटनका लागि यहाँ पुगेका मुख्यमन्त्री शाहलाई आज बुढीगङ्गा नगरपालिकाका र नेपाली कांग्रेस त्रिवेणी नगर कार्यसमितिले ज्ञापनपत्र बुझाएका हुन् ।
बूढीगङ्गा नदीमा पक्की पुल निर्माणको ठेक्का लागिसके पनि काम अगाडि नबढेको भन्दै तत्काल कार्य काम गर्ने वातावरणका लागि आग्रह गरिएको र मालगाडमा पुल निर्माणाधीन अवस्थामा रहे पनि विभिन्न कारणले काम सम्पन्न नभएको भन्दै ध्यानाकर्षण गराइएको हो ।
बूढीगङ्गा नगरपालिका प्रमुख रामबहादुर बानियाँले बुझाइएको पाँचबुँदे ज्ञापनपत्रमा तीनवटा नगर गौरवका सडक निर्माणका लागि बजेट, बार्जुकोट दरबार पुनर्निर्माण र संरक्षणका, कुँडीकोट र बयालचाका दरबार संरक्षण लागि विशेष व्यवस्थापन गर्नुपर्ने बताए । धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका र नाटेश्वरी जाने तीर्थयात्रीका लागि फालासैनमा वा बाम्कामा विश्रामस्थल निर्माण गर्नुुपर्नेलगायत माग उल्लेख गरिएको उनले बताए ।
मुख्यमन्त्री शाहले ज्ञापनपत्रमा भनिएका माग सम्बोधन गर्न प्रदेश सरकार सकारात्मक रहेको र यसका लागि आवश्यक समन्वय तथा सहकार्य गरिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण