सुनको मूल्य २९०० रुपैयाँ बढ्यो
आइतबार, ०७ मङ्सिर २०८२, ११ : १२
सारांश
- आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा २,९०० रुपैयाँले बढेको छ।
- शुक्रबार छापावाल सुन प्रति तोला २,४१,७०० रुपैयाँ रहेकोमा आइतबार २,४४,६०० रुपैयाँ पुगेको छ।
- चाँदीको मूल्य पनि बढेर प्रति तोला ३,१३५ रुपैयाँ पुगेको छ।
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँ बढेको हो ।
जसअनुसार आइतबार छापावाल सुन तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा २ लाख ४१ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
यस्तै शुक्रबार तोलामा ३ हजार १०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बढेर तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण