इन्डोनेसियामा त्रिदेशीय प्रतियोगिता खेल्न जान लागेको नेपाली राष्ट्रिय महिला फुटबल टिमको बिदाइ
सारांश
- इन्डोनेसियामा हुने त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली महिला फुटबल टोलीलाई बिदाइ गरियो।
- प्रतियोगितामा सावित्रा भण्डारी घाइते भएका कारण खेल्न नसक्ने भएका छन्।
- नेपालले इन्डोनेसिया र चाइनिज ताइपेइलाई हराएर उपाधि जित्ने लक्ष्य राखेको छ।
काठमाडौँ । इन्डोनेसियामा आयोजना हुने मैत्रीपूर्ण त्रिदेशीय प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई बिदाइ गरिएको छ । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बिच एन्फा पदाधिकारीहरूले नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेका हुन् ।
आगामी नोभेम्बर २६ देखि इन्डोनेसियामा नेपाल, घरेलु टोली र चाइनिज ताइपेइ सम्मिलित त्रिदेशीय प्रतियोगिता हुँदै छ । स्टार खेलाडी सावित्रा भण्डारी घाइते भएका कारण प्रतियोगितामा सहभागिता जनाउन नसक्ने मुख्य प्रशिक्षक नवीन न्यौपाने बताए । सावित्राबिना नै नेपाली टोलीले आफूभन्दा बलियो चाइनिज ताइपेईसँगै इन्डोनेसियालाई हराउँदै उपाधि जित्ने लक्ष्य राखेको उनले बताए । एक हप्ताको प्रशिक्षणका क्रममा नेपाली टोली बलियो रूपमा खेल्नका लागि तयार देखिएको उहाको भनाइ छ ।
त्यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले त्रिदेशीय प्रतियोगितामा सावित्रा नभएपनि अन्य खेलाडीहरुले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन् । इन्डोनेसिया र चाइनिज ताइपेइसंगको खेलमा सबैको मनोबल समेत उच्च रहेकाले नजिता आफ्नो पक्षमा आउने उनले बताइन् ।
नेपालले पहिलो खेल नोभेम्बर २६ मा घरेलु टोलीसँग खेल्नेछ भने डिसेम्बर २ मा चाइनिज ताईपेइसँग खेल्ने तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प छैन : उपसभापति शर्मा
-
बागमती सरकारबाट बाहिरिँदै एमाले, राजीनामा दिने तयारी
-
एमाले र नेकपा मिले पनि गण्डकीमा नयाँ सरकार बनाउन कठिन
-
सुकुना माध्यमिक विद्यालयका विद्यार्थीमाथि दुर्व्यवहारको घटना : नृत्य प्रशिक्षक पक्राउ
-
नेपालको वर्तमान अर्थतन्त्र र ‘प्यारासुट’ अर्थमन्त्री
-
सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण