राष्ट्र शान्तिको उद्देश्यसहित श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु
सारांश
- पशुपतिनाथमा राष्ट्र शान्तिको कामनासहित महायज्ञ सुरु भयो।
- महायज्ञ १४ गतेसम्म चल्नेछ, जसमा विद्वानहरूको उपस्थिति रहनेछ।
- राधाकृष्णमय ब्रह्मतत्त्वको उपासनाका लागि यज्ञ आयोजना गरिएको हो।
काठमाडौँ । राष्ट्र शान्तिको पावन उद्देश्यसहित पशुपतिनाथमा रहेको शङ्कराचार्य मठमा श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु गरिएकाे छ । महेश सन्यास आश्रमका पीठाधीश स्वामी रमनानन्द गिरीको सत्सङ्कल्पमा उक्त श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु गरिएकाे छ ।
महेश संस्कृत गुरुकुलम देवघाटको आयोजनामा गरिएको उक्त महायज्ञ यही मङ्सिर १४ गतेसम्म सञ्चालन हुने गुरुकुलका अध्यक्ष रमणानन्द गिरीले जानकारी दिए । पशुपतिनाथले आफ्नो रुद्रस्वरूप ग्रहण नगरी शिवभाव/शान्तस्वरूप धारण गरुन् र राज्यमा शान्ति कायम होस् भन्ने सङ्कल्पका साथ राधाकृष्णमय ब्रह्मतत्त्व (अभेदेन पशुपतितत्त्व)को उपासना गर्न सप्ताहव्यापी भागवत महायज्ञको आयोजना गरियो, अध्यक्ष गिरीले जानकारी दिए ।
भागवत महायज्ञको पूर्वसन्ध्यामा शङ्कराचार्य मठ पशुपतिमा पशुपतितत्त्व विमर्श तथा विद्वत्सभा आयोजनासमेत गरियो । उक्त सभामा विद्वद्गोष्ठीमा नेपाल संस्कृत विश्वविद्यालयका संस्थापक शिक्षाध्यक्ष न्यायतन्त्रादीशास्त्रका विशिष्ट प्राध्यापक विद्यानाथ उपाध्याय, न्याय तथा वेदान्तदर्शनका प्राडा दीर्घराज घिमिरे, वेदान्तदर्शन तथा धर्मशास्त्र पुराणादिका व्याख्याता प्राध्यापक भवानीप्रसाद खतिवडा, गुरुकुल प्रवर्द्धन समाजका अध्यक्ष तथा भागवतका प्रवक्ता आचार्य कपिलदेव सुवेदी, नेपाली भाषा साहित्यका समालोचक तथा संस्कृतका विद्वान् प्राडा ध्रुवप्रसाद भट्टराईलगायतका दर्जनौँ विद्वान व्यक्तित्वको सहभागिता तथा सयौँ अध्यात्मप्रेमी तथा सत्सङ्गानुरागीको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण