प्रगतिशील लोकतान्त्रिक पार्टीको राजनीतिक प्रतिबद्धतामा के छ ? (पूर्णपाठसहित)
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले राजधानीमा आफ्नो राजनीतिक प्रतिबद्धता सार्वजनिक गरेको छ।
- पार्टीले राजनीतिक, आर्थिक र नीतिगत पुनर्संरचना गर्ने प्रतिबद्धता जनाएको छ।
- पार्टीको चरित्र समावेशी र सहभागितामूलक लोकतन्त्रमा आधारित नेपाली समाजवाद हुनेछ।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले आफ्नो संक्षिप्त राजनीतिक प्रतिबद्धता सार्वजनिक गरेको छ । आइतबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित पार्टी घोषणा कार्यक्रममा नेता जनार्दन शर्माले पार्टीको संक्षिप्त प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
‘नेपाली माटो हाम्रो बाटो’ नारा बोकेको पार्टीले सुरुमै आत्मालोचना र स्वघोषणा गरेको छ । ‘विगतका कमीकमजोरीप्रति आत्मालोचित हुँदै आगामी दिनमा कमजोरी नगर्ने स्वघोषणा गर्दछौँ’, प्रतिबद्धतामा भनिएको ।
पार्टीले राजनीतिक पुनर्संरचना गर्ने, आर्थिक पुनर्संरचना गर्ने, नीति र प्रणालीगत पुनर्संरचना गर्ने प्रतिबद्धता जनाएको छ । त्यसका लागि पुनर्जागरण आन्दोलन गर्ने, भ्रष्टाचारविरुद्ध महाअभियान सञ्चालन गर्ने, प्रविधिको विकास र प्रयोग गर्ने लक्ष्य लिइएको छ ।
पार्टीको चरित्र समावेशी र सहभागितामूलक लोकतन्त्रमा आधारित मौलिकतासहितको नेपाली समाजवाद हुने स्पष्ट गरिएको छ । यस्तै पार्टीको मार्गदर्शक सिद्धान्त समाज विकासको नविनतम् सिद्धान्त अनुरूपको नेपाली समाजवाद रहने उल्लेख छ ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण