बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

श्रेष्ठको अध्यक्षतामा आजपाको सिन्धुपाल्चोक जिल्ला कमिटी पुनर्गठन

आइतबार, ०७ मङ्सिर २०८२, १५ : २१
आइतबार, ०७ मङ्सिर २०८२

सारांश

  • आम जनता पार्टी (आजपा) को सिन्धुपाल्चोक जिल्ला कमिटी गणेश श्रेष्ठको अध्यक्षतामा पुनर्गठन गरिएको छ।
  • सिन्धुपाल्चोकको दुबै संघीय क्षेत्रको इन्चार्ज र अध्यक्षको जिम्मेवारी तोकियो, जसमा पासाङ तामाङ र सुनिता तामाङ लगायत छन्।
  • बैठकले दलतन्त्र विरुद्धको भण्डाफोर अभियानलाई निर्वाचनको तयारीसँग जोड्ने र संघर्षका कार्यक्रम अगाडि बढाउने निर्णय गर्यो।

सिन्धुपाल्चोक । आम जनता पार्टी (आजपा)को सिन्धुपाल्चोक जिल्ला कमिटी पुनर्गठन गरिएको छ । गणेश श्रेष्ठको अध्यक्षतामा १ सय १ सदस्यीय सिन्धुपाल्चोक जिल्ला कमिटी पुनर्गठन गरिएको हो । 

सिन्धुपाल्चोकको चौतारामा सम्पन्न जिल्ला कमिटीको बैठकबाट जिल्ला कमिटी पुनर्गठन गर्दै बिस्तार गर्नुका साथै सिन्धुपाल्चोकको दुबै संघीय क्षेत्रको इन्चार्ज र अध्यक्षको जिम्मेवारी समेत तोकिएको छ । 

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले सिन्धुपाल्चोक क्षेत्र नं. १ को इन्चार्जमा पासाङ तामाङ र अध्यक्षमा सुनिता तामाङलाई जिम्मेवारी तोकिएको छ । 

यसैगरी सिन्धुपाल्चोक क्षेत्र नं. २ को इन्चार्जमा गणेश श्रेष्ठ र अध्यक्षमा सुमन गुरुङलाई जिम्मेवारी तोकिएको बैठकमा सहभागि आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन् । 

यस्तै, बैठकले कमन जेन्जी नेपालको जिल्ला कमिटी समेत गठन गरेको छ । सुनिता तामाङको अध्यक्षतामा ३० सदस्यीय जिल्ला कमिटी गठन भएको छ । कमिटीको सचिवमा अस्मिता गुरुङ रहेकी छन् । 

यसैगरी सदस्यहरुमा सुर्या तामाङ, लछु परियार, जेशन तामाङ, शोगिता विक, बर्षा तामाङ, अरुणा श्रेष्ठ, अस्मिता सापकोटा, कृष्ण विक, जोशिका सापकोटा, कविता थापा, रविना थापा, प्रतिक्षा घिमिरे, सुजिता गुरुङ, दिपिका तामाङ लगायतका रहेका छन् । 

‘अवस्था बदलन व्यवस्था बदलौ, जेनजी आन्दोलनलाई संस्थागत गरौं’ भन्ने नारा सहित बसेको उक्त बैठकले दलतन्त्र विरुद्धको भण्डाफोर अभियानलाई निर्वाचनको तयारीसंग जोड़ने योजनाका साथ जिल्ला कमिटी पुनर्गठन गर्दै प्रतिनिधिसभा, प्रदेशसभा, पालिका स्तरमा कमिटीहरु विस्तार गर्दै पार्टीद्धारा घोषित संघर्षका कार्यक्रमलाई अगाडी बढाउने निर्णय भएको छ । 

 श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह, सहअध्यक्ष एंव संविधान सभाका सभाषद तिलक थापामगर, वागमती प्रदेशका इन्चार्ज धनकुमारी मगर, वाग्मती प्रदेश अध्यक्ष पसाङ तामाङ, सचिवालय सदस्यहरु सुभाष साह, रन्जु साह, सिमा जैसवाल, बिन्दा कटुवाल, अन्जना तामाङ, सुनिता तामाङ, सुमन गुरुङ, कोशिला देवी साह लगायतको बिशेष सहभागिता रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप