लालबन्दी बन्यो उत्कृष्ट स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने मधेसकै प्रथम पालिका
सारांश
- सर्लाहीको लालबन्दी नगरपालिका मधेस प्रदेशभरका पालिकामध्ये उत्कृष्ट स्वास्थ्य कार्यक्रममा पहिलो भयो।
- हरिपुर र विष्णुपुर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे, जुन दुवै सर्लाहीका हुन्।
- मुख्यमन्त्री सरोजकुमार यादवले उत्कृष्ट कार्य गर्ने पालिकालाई सम्मान गरे र स्वास्थ्य सुधारको लागि सहकार्यको महत्त्वबारे बोले।
जनकपुरधाम । मधेस प्रदेशभरका १३६ पालिकामध्ये उत्कृष्ट स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै सर्लाहीको लालबन्दी नगरपालिका पहिलो स्थानमा पर्न सफल भएको छ । त्यस्तै दोस्रो स्थानमा पनि सर्लाहीकै हरिपुर नगरपालिका र तेस्रो स्थान सर्लाहीकै विष्णुपुर गाउँपालिका भएका छन् ।
मधेस प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आइतबार जनकपुरधाममा सम्पन्न तीनदिवसीय वार्षिक समीक्षा कार्यक्रममा प्रदेशका स्थानीय तहरूको अवस्थाबारे जानकारी दिइएको हो ।
उक्त क्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीनै तहका सरकारबिचको सहकार्य स्वास्थ्य सुधारको पूर्वसर्त भएको उल्लेख गरे । साथै उनले उत्कृष्ट र नमुनायोग्य स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने पालिकाहरूले प्रदेशको स्वास्थ्य सूचक उकास्न महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले उत्कृष्ट कार्य गरेका पालिकालाई बधाई दिँदै सम्मानित पनि गरे ।

प्रादेशिक अस्पतालतर्फ गौर अस्पताल प्रथम जलेश्वर अस्पताल द्वितीय र ८८ सिरहा अस्पताल तृतीय ८८ स्थानमा परे ।
स्वास्थ्य कार्यालयको समग्र मूल्याङ्कनमा पर्सा प्रथम सर्लाही द्वितीय र महोत्तरी तृतीय भए । आयुर्वेद सेवातर्फ पर्सा प्रथम, बारा द्वितीय र महोत्तरी तृतीय घोषित भए । संस्थागत अस्पताल श्रेणीमा बर्दिबास अस्पताल प्रथम भएको घोषणा गरिएको थियो ।
सबै विजयी संस्थान तथा प्रतिनिधिलाई मुख्यमन्त्री यादवले दोसल्ला र सम्मानपत्र प्रदान गरे ।
कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षता रहेको थियो । कार्यक्रममा स्वास्थ्य क्षेत्रका विज्ञ, दातृ निकायका प्रतिनिधि तथा विभिन्न अस्पतालरस्वास्थ्य संस्थाका प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण