स्वर्णलक्ष्मी सहकारी घोटाला : जीबी राईका जेठान कारागार चलान
सारांश
- स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न ज्ञान बहादुर बमजनलाई अदालतले थुनामा राख्न आदेश दिएको छ।
- बमजन भदौ २४ मा प्रहरी हिरासतबाट भागेका थिए भने कार्तिक २३ मा पक्राउ परेका थिए।
- उनी सुर्यदर्शन सहकारीको रकम घोटाला प्रकरणमा १० लाख धरौटीमा छुटेका थिए।
काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न ज्ञान बहादुर बमजनलाई अदालतले थुनामा राख्न आदेश गरेको छ । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार उनलाई आइतबार केन्द्रीय कारागार सुन्धारा चलान गरिएको हो ।
जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा उनी भद्रकाली स्थित जिल्ला प्रहरी परिसरको हिरासतबाट भागेका बमजन कार्तिक २३ मा पक्राउ परेका थिए । अदालतको आदेश अनुसार उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
सिन्धुलीको दुधौली नगरपालिका–७ घर भएका ५४ वर्षीय बमजन गीतेन्द्रबावु राई (जीबी)का जेठान हुन् । पोखरामा सञ्चालित सुर्यदर्शन सहकारीको रकम घोटाला प्रकरणमा उनी १० लाख धरौटीमा छुटेका थिए ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले २०८१ पुस २१ मा रास्वपा सभापति रवि लामिछाने सहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो । त्यसबेला बमजन प्रतिवादीको सूचिमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण