चियालाई फेरि तताएर खानु हुन्छ कि हुँदैन ?
सारांश
- धेरै मानिसलाई चिया नपिई दिनको सुरुवात हुँदैन, तर चियालाई बारम्बार तताएर पिउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ।
- चिया चिसो भएपछि फेरि तताउँदा स्वाद बिग्रन्छ, एन्टिअक्सिडेन्ट घट्छ र एसिडिटी बढ्ने समस्या आउँछ।
- चियालाई बारम्बार तताउँदा ब्याक्टेरिया बढ्न सक्छ, जसले संक्रमण वा पेटसम्बन्धी समस्या निम्त्याउन सक्छ।
काठमाडौँ । चिया नपिउँदासम्म धेरैजसो मानिसहरूको दिन नै सुरु हुँदैन ।
अफिसको बिदा समय होस् वा घरमा पाहुनाहरूको आगमन होस् वा दिनभरिको थकान मार्न साँझको एक क्षणको आराम नै किन नहोस्, एक कप चियाले सबैलाई ताजा महसुस बनाउँछ ।
कुनै कुनै घरमा चियाको लत यस्तो हुन्छ कि एकै पटकमा धेरै चिया बनाएर राख्ने अनि बेला बेला तताएर त्यसलाई खाने गरिन्छ । कहिलेकाहीँ उब्रिएको चिया फ्याक्न माया लागेर पनि हामी त्यसलाई तताएर खाइदिन्छौँ । तर बहाना जेसुकै होस्, चियालाई यसरी बारम्बार तताएर खानुहुन्न । के तपाईंलाई यो कुरा थाहा छ ?
तपाईं पनि चिया बारम्बार तताएर खानेमा पर्नुहुन्छ भने आजैदेखि यो बानी छाड्नुहोस् । चियालाई फेरि तताएर खाँदा यसको स्वाद त बिग्रन्छ नै, यसको सेवनबाट पाइने लाभ पनि नष्ट हुन्छ र उल्टै हानि गर्छ । आज हामी चियालाई बारम्बार तताएर खाँदाको बेफाइदाबारे चर्चा गर्छौँ ।
स्वादः चियाको वास्तविक स्वाद यसको ताजापनमै निहित हुन्छ । तर, जब चिया चिसो हुन्छ अनि यसलाई फेरि तताइन्छ, यसमा रहेका ट्यानिन र अन्य तत्त्वहरू अक्सिडाइज हुन्छन् र चियालाई तीतो बनाउँछ । कहिलेकाहीँ, यो स्वाद यति खराब भइदिन्छ कि यसलाई पिउन नै गाह्रो हुन सक्छ ।
एन्टिअक्सिडेन्टहरू नष्ट हुन्छन्ः ताजा चियामा एन्टिअक्सिडेन्टहरू हुन्छन् जसले शरीरलाई हानिकारक तत्त्वहरूबाट बचाउन सक्छ । यद्यपि, चिया पुनः तताउँदा एन्टिअक्सिडेन्टहरू घट्दै जान सक्छन् र यसमा रहेको पोषक तत्त्वहरू नष्ट हुन सक्छन् । त्यसैले एक पटक पकाइसकेको चियालाई फेरि फेरि तताउनु हुँदैन ।
एसिडिटीः चियालाई दोहो¥याएर तताएर पिउँदा ग्यास, एसिडिटी, पेट पोल्ने र वाकवाकी लाग्ने जस्ता समस्याहरू हुन सक्छन् । पहिले नै यी समस्याहरूबाट पीडितले त झन् चिया तताएर खानु हानिकारक साबित हुन सक्छ ।
ब्याक्टेरियाः चियालाई लामो समयसम्म त्यसै छोडियो र फेरि तताइयो भने, यसमा ब्याक्टेरिया बढ्न सक्छ । चियालाई बारम्बार तताउँदा यी ब्याक्टेरियाहरू नष्ट हुँदैनन् बरु चियासँगै तिनीहरू हाम्रो शरीरमा प्रवेश गर्छन् । यो संक्रमण वा पेट खराबको कारण बनिदिन सक्छ ।
अस्वीकरणः यो सामाग्री अनलाइन जानकारीका आधारमा तयार पारिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण